पाल्पा । गुल्मी जिल्लामा प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कार्यलाई प्रभावकारी वनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले यस्तो निर्देशन जारी गरेको हो । प्रशासनका अनुसार भदौ १९ गते राती १२ बजे सम्म यो नियम लागू हुनेछ । जिल्लामा प्रबेश हुने सबै नाकाहरुमा कडाई गराइएको छ ।
जारी निर्देशनमा भनिएको छ । “यस जिल्ला भित्र आउदा प्रयोग हुने नाका रुरुक्षेत्रको रिडी, रेसुङ्गाको नेटा, मदानेको सौतामारे, मुसिकोटको वामी, कालिगण्डकीको पूर्तिघाट र हर्मिचौरमा २४ सै घण्टा सुरक्षा निकाय परीचालन गरी बाहिर जुनसुकै ठाउबाट आउदा RT – PCR Report नभै प्रवेश नदिईने / RT – PCR Report ( Negative ) नभए कम्तीमा १० दिन सम्बन्धित पालिकाले तोकेको क्वारेन्टिन ( Quarantine ) मा अनिवार्य रुपमा बस्नु पर्नेछ । साथै लुकीछिपी आउने र क्वारेन्टिन छोडी भाग्नेलाई कानूनी कार्वाही हुनेछ” ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले जारी गरेको निर्देशन पूरा बिबरण हेर्न यहाँ थिच्नुहोस ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…