जापानमा रोजगार गुमाएकाहरुलाई डिसेम्बरसम्म राहत पाउने

टोकियो ।जापानमा कोरोना भाइरसका कारण रोजगारी गुमाएका ब्यक्तिका लागि जापान सरकारले उपलब्ध गराएको अनुदान आगामी डिसेम्बर महिनासम्म लिन सकिने भएको छ ।

आगामी महिनासम्म तोकिएको समयावधिलाइ बढाउदै स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले डिसेम्बरको अन्त्यसम्म विस्तार गर्ने निर्णय गरेको हो ।

यदि कुनै कम्पनीले आफ्नो रोजगारी कायम राख्न नसकी बिदा दिएमा तथा बिक्री घटेर लामो समय कर्मचारीलाई बिदा दिएमा यस्तो अनुदानको लागि आबेदन गर्न सकिन्छ । नयाँ कोरोना भाइरस संक्रमणको कारणले रोजगार समायोजन अनुदान अन्तर्गत सरकारले कम्पनिले बिदा राखिदिएमा तथा आम्दानी ६० प्रतिशतभन्दा न्युन भएमा योग्य ठहराउने गर्दछ ।

यसै बर्षको फेब्रुअरी देखि, स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले नयाँ कोरोनाभाइरसबाट प्रभावित कम्पनीहरूका लागि विशेष उपायहरू कार्यान्वयन गरिरहेको छ । जस अन्तर्गत कामदारमा पर्न सक्ने आर्थिक भार र कम्पनिहरुको भुक्तान आवश्यकताहरू कम गर्न र दैनिक अधिकतम १५,००० येन सम्म उपलब्ध गराउदछ ।

गत फेब्रुवरी महिना यता यो अनुदानको लागी ८८४,८६३ आबेदन परेको मन्त्रालयले जनाएको छ । जसमध्ये ७७७,६३३ जना आबेदकले प्रक्रिया पुरा गरेर भुक्तानी बुझिसकेका छन् ।

रोजगारीको स्थिति बिग्रँदो अवस्थामा अर्को वर्ष जनवरीदेखि भने सरकारले विशेष कदम चाल्ने बताएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago