काठमाडौं । प्रहरीले गोंगबु हत्याको अनुसन्धान सकेर अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अनुसन्धान प्रतिवेदन बिहीबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहरा हत्याको मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)लाई मानिएको छ ।
कल्पनालाई जन्मकैदको र शव व्यवस्थापनका सहयोगी भनिएकी उनकी १५ वर्षीया छोरीलाई भने जन्मकैदको दुईतिहाइ कम सजाय माग गरिएको छ ।
परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले अनुसन्धान सकेर बिहीबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको बताए । उनले भने, ‘बोहरा हत्या अनुसन्धान सकिएको छ । अध्ययन प्रतिवेदन हिजै (बिहीबार) सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।
घटनामा संलग्न मुख्य अभियुक्तविरुद्ध जन्मकैदको माग छ । सहयोगीको भूमिकामा रहेकी किशोरीविरुद्ध भने जन्मकैदको दुईतिहाइ सजाय माग गरिएको छ ।’
प्रहरीले हत्यामा संलग्न कल्पनालाई २७ साउनमा चितवनबाट पक्राउ गरेको थियो । हत्या गरिएकै दिनको साँझ उनी १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवनको शक्तिखोरस्थित माइती पुगेकी थिइन् ।
पक्राउपछि काठमाडौं ल्याइएकी उनीविरुद्ध प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो । बयानमा उनले योजनाबद्ध ढंगले नै बोहराको हत्या गरेको स्वीकार गरेकी छिन् । छोरीले शव व्यवस्थापनमा सघाएको उनको बयानमा थियो ।
२५ साउनमा गोंगबु गणेशस्थाननेर एउटा कालो सुटकेसमा टाउको काटिएको शव र टाउको केही पर झोलामा भेटिएको थियो । बोहरा हत्या भएको दिन २४ साउनको राति कल्पनाकै कोठामा बस्न गएका थिए ।
दही खाएपछि कृष्णबहादुर बेहोस भएको र त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।
काठमाडौं परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले बोहराको हत्या योजनाबद्ध ढंगले नै भएको अभियुक्त कल्पनाले स्वीकार गरेको बताए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…