गोंगबु घटनाको अनुसन्धान सकियो, अभियुक्तविरुद्ध जन्मकैदको माग ।

काठमाडौं ।  प्रहरीले गोंगबु हत्याको अनुसन्धान सकेर अभियुक्तविरुद्ध जन्मकैदको माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अनुसन्धान प्रतिवेदन बिहीबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । प्रतिवेदनमा रोल्पा रुन्तीगढीका ४५ वर्षीय कृष्णबहादुर बोहरा हत्याको मुख्य अभियुक्त चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)लाई मानिएको छ ।

कल्पनालाई जन्मकैदको र शव व्यवस्थापनका सहयोगी भनिएकी उनकी १५ वर्षीया छोरीलाई भने जन्मकैदको दुईतिहाइ कम सजाय माग गरिएको छ ।

परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले अनुसन्धान सकेर बिहीबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएको बताए । उनले भने, ‘बोहरा हत्या अनुसन्धान सकिएको छ । अध्ययन प्रतिवेदन हिजै (बिहीबार) सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।

घटनामा संलग्न मुख्य अभियुक्तविरुद्ध जन्मकैदको माग छ । सहयोगीको भूमिकामा रहेकी किशोरीविरुद्ध भने जन्मकैदको दुईतिहाइ सजाय माग गरिएको छ ।’

प्रहरीले हत्यामा संलग्न कल्पनालाई २७ साउनमा चितवनबाट पक्राउ गरेको थियो । हत्या गरिएकै दिनको साँझ उनी १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवनको शक्तिखोरस्थित माइती पुगेकी थिइन् ।

पक्राउपछि काठमाडौं ल्याइएकी उनीविरुद्ध प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो । बयानमा उनले योजनाबद्ध ढंगले नै बोहराको हत्या गरेको स्वीकार गरेकी छिन् । छोरीले शव व्यवस्थापनमा सघाएको उनको बयानमा थियो ।

२५ साउनमा गोंगबु गणेशस्थाननेर एउटा कालो सुटकेसमा टाउको काटिएको शव र टाउको केही पर झोलामा भेटिएको थियो । बोहरा हत्या भएको दिन २४ साउनको राति कल्पनाकै कोठामा बस्न गएका थिए ।

दही खाएपछि कृष्णबहादुर बेहोस भएको र त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।

काठमाडौं परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले बोहराको हत्या योजनाबद्ध ढंगले नै भएको अभियुक्त कल्पनाले स्वीकार गरेको बताए ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago