धनगढी – डोटीमा भदौ १४ गते आइतबार राति १२ बजेदेखि २१ गतेसम्म लागु हुने गरी निषेधाज्ञा लागु गर्ने निर्णय भएको छ।
जिल्लामा कोरोना महामारीको प्रभाव बढ्दै गएपछि संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सहजताका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले एक साता निषेधाज्ञा लागु गर्ने निर्णय गरेको हो।
डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको निर्णय गरिसकेको र आइतबार आदेश जारी गरिने बताए ।
निषेधाज्ञाका क्रममा अत्यावश्यकीय सेवा बाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द हुने उनले बताए।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…