Categories: समाचार

रेल्वे ठेक्कामा नेपाल निर्माण व्यवसायी महासङ्घको कुनै संलग्नता नरहेको

नेपाल निर्माण व्यवसायी महासङ्घले रेल्वे ठेक्काका विषयमा रेल्वे विभागको टेण्डरमा संस्थाको अगुवाईमा कुनै मिलेमतो नभएको जनाएको छ । ठेक्कामा महासङ्घको कुनै संलग्नता नरहेको महासचिव रोशन दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । महासङ्घलाई बदनाम गर्ने मनसायले अभिप्रेरित रहेर यस किसिमको प्रचारप्रसार भइरहेकाले सचेत हुन आह्वान गरिएको छ । सार्वजनिक खरिद ऐन, नियम, मुलुकको प्रचलित कानुन बमोजिम बोलपत्रको योग्यता निर्धारण गर्ने काम राज्यको भएको उल्लेख गर्दै यसमा निर्माण व्यवसायीको कुनै भूमिका र संलग्नता नरहने प्रष्ट पारिएको छ ।

सार्वजनिक खरिद ऐन, नियम र प्रचलित ऐन कानून बमोजिम कुनैपनि परियोजनाको लागि निर्माण व्यवसायीको कामको योग्यता तोक्ने अधिकार सम्वन्धित सार्वजनिक निकायमा नै रहने स्पष्ट हुँदाहुँदै महासङ्घलाई बोलपत्र प्रकरणमा मुछ्नुको कुनै औचित्य प्रमाणित हुन नसक्ने महासचिव दाहालले बताउनुभयो । रेल्वे विभागको बोलपत्रहरुमा जे.भी. कम्पनीको रुपमा साना निर्माण व्यवसायी समेत गरी करिब एक सय भन्दा बढी निर्माण कम्पनीको सहभागिता रहेको तथ्य महासङ्घले उल्लेख गरेको छ । एक सय भन्दा बढी निर्माण कम्पनी सहभागी भएको बोलपत्र प्रक्रियामा सीमित निर्माण व्यवसायीको मात्र सहभागिता भनेर उल्लेख हुनु आफैँमा विरोधाभास भएको जनाइएको छ ।

महासङ्घले मिलोमतोमा हुने खालका हरेक बोलपत्रको जहिले पनि विरोध गर्दै आइरहको तथ्य अहिलेसम्म कसैबाट लुक्न नसकेको समेत स्मरण गराएको छ । विभागको बोलपत्र सम्बन्धमा सम्मानित उच्च अदालत पाटनमा रिट निवेदन परी विभागले तोकेको योग्यता कानून सम्मत ठहर गरी टेण्डर प्रक्रिया रोक्न नपर्ने आदेश भएको र यसबाट समेत ठेक्का प्रक्रिया कानून सम्मत भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

Comments
Sanjay poudyal

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago