काठमाडौं । सन्दीप लामिछाने बिहीबार वेष्ट इन्डिज प्रस्थान गर्ने भएका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेट खेल्न सन्दीप भोलि वेष्ट इन्डिज प्रस्थान गर्न लागेका हुन् ।
कोरोना महममारीका कारण रोकीएको हवाई उडानका कारण सन्दीपले खेल गुमाउने सम्भावना थियो तर चार्टर्ड फ्लाइटमार्फत उनी प्रतियोगिता खेल्न जाने भएका
सन्दीप अमेरिका हुँदै खेल स्थान जाने छन् । सन्दीप आईतबार मात्र वेष्ट इन्डिज पुग्ने छन् । यस वर्षको सीपीएल अगष्ट १८ बाट हुँदैछ । ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ ।
क्यारिबयन सरकार तथा आयोजकका अनुसार प्रतियोगिता खेन आउने हरेक खेलाडी १४ दिनको क्वारेन्टाइनमा बस्नु पर्नेछ । अगष्ट १ भन्दा ढिलो आउने खेलाडीलाई टिमले क्याम्पमा सहभागी गराउने छैन । यस्तै, उनीहरुले खेलाडीसँग सम्झौता रद्द समेत गर्ने छन् ।
यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । उनी तेस्रो सिजन सीपीएल खेल्न लागेका हुन् ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…