कैलाली । कर्णाली नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। लगातारकाे वर्षाका कारण कैलालीकाे चिसापानीमा नदीकाे सतह पनि बढीरहेकाे छ।
बिहान नाै बजेसम्म कर्णाली नदीकाे सतह नाै दशमलव ८९ मिटर पुगेकाे छ। कर्णालीकाे सतह १० मिटर पुगे सतर्कता तह र १० दशमलव ८ मिटरलाई खतरा मानिएकाे छ। जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार कर्णालीमा लगातार वर्षा भइरहेकाे छ। महाशाखाका अनुसार टीकापुरकाे चुरियामा २४ घण्टामा २ सय ७१ मिलिमिटर वर्षा भएकाे छ भने चिसापानीमा २ सय ६० मिलिमिटर वर्षा भएकाे छ।
एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, ६ घण्टामा एक सय मिलिलिटर, १२ घण्टामा एक सय २० मिलिलिटर र २४ घण्टामा एक सय ४० मिलिलिटर वर्षालाई सर्तकता मानिएकाे महाशाखाले जनाएकाे छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…