तिनाउमा विधालयकाे पढाइ व्यवस्थित गर्दै, विधालयमा शिक्षक तथा कर्मचारीलाई अनिवार्य उपस्थित हुन गाउँपालिकाकाे निर्देशन

पाल्पा -जिल्लाकाे तिनाउ गाउँपालिका भित्रका शिक्षक तथा कर्मचारीहरूलाई विधालयकाे समयमा अनिवार्य रूपमा विधालयमा उपस्थित हुन निर्देशन गरेकाे छ । गाउँपालिका भित्रका प्रधानध्यापकहरूकाे बैठकमा गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयाेजक अाेम बहादुर घर्ती मगरले उक्त निर्देशन गर्नु भएको हाे । काेराेना संक्रमण कारण लकडाउन भए पछि बन्द भएका विधालयहरू केही समय अघिबाट टाेलटाेलमा बिद्यार्थीहरू भेला गरि अाैपचारीक तरबले पढाइ सञ्चालन गर्दै अाएकाे तर केही शिक्षकहरू हाल सम्म पनि विधालयकाे सम्पर्कमा नअाएकाे भन्ने गुनासाे अाएकाेले उक्त निर्देशन गरिएको घर्ती मगरले बताउनु भयाे ।


बैठकले दुरी कायम गरि पढाउन मिल्ने विद्यालयमा नियमित पढाइ गर्ने र बढी विद्यार्थी भएका विद्यालयलाइ दुई सेटमा गरि दुरी कायम गरि अध्ययन गराउने निर्णय गरेको छ । विद्यालयमा अाउदा शिक्षक कर्मचारी ,तथा विद्यार्थीहरू अनिवार्य रूपमा माक्र्स लगाउनु पर्ने,विद्यालयमा साबुन पानी र सेनिटाइजर गाउँपालिकाले व्यवस्था गर्नुपर्ने माग गरेका छन ।
शिक्षकहरूले श्रावण मसान्त भित्र सम्पति विवरण पेश गर्नु पर्ने,साथै कार्य सम्पादन मुल्याकन एक महिना भित्र पेस गर्नु पर्ने निर्णय समेत गरेको छ ।


बैठकमा उपस्थित सबै विद्यालयका प्रअहरूले अा-अाफ्नाे विद्यालयहरूकाे गतिविधि बारे जानकारी गराएका थिए । कार्यक्रम गाउँपालिका उपाध्यक्ष दमयन्ती थापा,प्रमुख प्रशासकिय अधिकृत दामोदर भण्डारी,दाेभान म ा विका प्रअ सुर्य पाैडेल,मस्याम मा विका प्रअ कृष्णप्रसाद पाण्डे लगाएतले अा-अाफ्नाे विचार व्यक्त गरेको थिए ।


सामाजिक विकास शाखा संयाेजक राजेश श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएको बैठककाे सञ्चालन विद्यालय निरिक्षक लक्ष्मी कुवरले गरेका थिए ।
उक्त बैठककाे अवसरमा पालिका भित्रका असाय तथा अनार्थ बालबालिकाहरूलाई
ड्रेस,पुस्तक तथा शैक्षिक सामाग्री वितरण गरिएको थियाे ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago