वग्नासकाली गाउँपालिकाले फलफुलका बिरुवा वितरण

सन्ताेष गहतराज पाल्पा – जिल्लाकाे वग्नासकाली गाउँपालिकाले फलफूलका बिरुवा बितरण गरेकाे छ ।
गाउँपालिकाले ९ वटै वडामा हावापानी सुहाउदाे ठाउँका लागि उपयुक्त हुने बिरूवा छनाेट गरि कागती,सुन्तला,केरा,लिचि,माैसम,अंगुर लगाएतका फलफूलका बिरूवा वितरण गरेको हाे ।
लकडाउन भएसँगै कृषकहरू कृषि पेशामा उत्प्रेरित भईरहेका बेला गाउँपालिकाले फलफूलका बिरुवा वितरण गरेको छ ।
गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बग्नासकाली गाउँपालिकाले बिगतका बर्ष देखि नै बग्नासकाली गाउँपालिकालाई फलफूल गाउँकाे रूपमा परिचित गराउन ५० प्रतिशत अनुदानका कृषकहरूलाई फलफूलका बिरूवाहरू वितरण गरेकाे बताउदै याे बर्ष पनि कार्यक्रमलाई निरन्तरता दिदै बिरुवा वितरण गरिएको बताउनु भयाे । विशेष गरि बग्नासकाली गाउँपालिकाले कागतीलाई पकेट क्षेत्रकाे निर्माण गर्नका लागि कागतीका बिरूवालाई प्राथमिकताका साथ वितरण गरेको बताउनु भयाे । कागती उत्पादन पनि धेरै हुने बेच्न पनि बजारकाे समस्या नहुने र बादरले पनि क्षति नपुग्याउने भएकोले गाउँपालिकाले कागती विरूवालाई प्राथमिकताका साथ वितरण गरेकाे बताउनु भयाे ।


प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले अहिले बग्नासकाल गाउँपालिकाले पालिकाका ९ वटै वडाहरूमा करिब २७ हजार ५ सय वटा बिरुवा वितरण गरेकाे बताउनु भयाे । जस मध्ये कागती १५ हजार,सुन्तला ६ हजार,अाप २ हजार,लिचि २ हजार,केरा २ हजार, माैसम १ सय र कफि ५ बितरण गरेको बताउनु भयाे ।
गाउँपालिकाका कृषि शाखा प्रमुख राजेश बाेहाेराले बग्नासकाली गाउँपालिकाले फलफूल विस्तार कार्यक्रम अन्तर्गत १० लाख बजेट छुट्याई फलफूलका बिरुवा वितरण गरेकाे बताउनु भयाे । साथै बग्नासकाली गाउँपालिकाले कागती र सुन्तला पकेट क्षेत्र निर्माणका गर्नका लागि कागती र सुन्तलाका बिरूवालाई प्राथमिकता दिई वितरण गरेको बताउनु भयाे ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago