वग्नासकाली गाउँपालिकाले फलफुलका बिरुवा वितरण

सन्ताेष गहतराज पाल्पा – जिल्लाकाे वग्नासकाली गाउँपालिकाले फलफूलका बिरुवा बितरण गरेकाे छ ।
गाउँपालिकाले ९ वटै वडामा हावापानी सुहाउदाे ठाउँका लागि उपयुक्त हुने बिरूवा छनाेट गरि कागती,सुन्तला,केरा,लिचि,माैसम,अंगुर लगाएतका फलफूलका बिरूवा वितरण गरेको हाे ।
लकडाउन भएसँगै कृषकहरू कृषि पेशामा उत्प्रेरित भईरहेका बेला गाउँपालिकाले फलफूलका बिरुवा वितरण गरेको छ ।
गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बग्नासकाली गाउँपालिकाले बिगतका बर्ष देखि नै बग्नासकाली गाउँपालिकालाई फलफूल गाउँकाे रूपमा परिचित गराउन ५० प्रतिशत अनुदानका कृषकहरूलाई फलफूलका बिरूवाहरू वितरण गरेकाे बताउदै याे बर्ष पनि कार्यक्रमलाई निरन्तरता दिदै बिरुवा वितरण गरिएको बताउनु भयाे । विशेष गरि बग्नासकाली गाउँपालिकाले कागतीलाई पकेट क्षेत्रकाे निर्माण गर्नका लागि कागतीका बिरूवालाई प्राथमिकताका साथ वितरण गरेको बताउनु भयाे । कागती उत्पादन पनि धेरै हुने बेच्न पनि बजारकाे समस्या नहुने र बादरले पनि क्षति नपुग्याउने भएकोले गाउँपालिकाले कागती विरूवालाई प्राथमिकताका साथ वितरण गरेकाे बताउनु भयाे ।


प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले अहिले बग्नासकाल गाउँपालिकाले पालिकाका ९ वटै वडाहरूमा करिब २७ हजार ५ सय वटा बिरुवा वितरण गरेकाे बताउनु भयाे । जस मध्ये कागती १५ हजार,सुन्तला ६ हजार,अाप २ हजार,लिचि २ हजार,केरा २ हजार, माैसम १ सय र कफि ५ बितरण गरेको बताउनु भयाे ।
गाउँपालिकाका कृषि शाखा प्रमुख राजेश बाेहाेराले बग्नासकाली गाउँपालिकाले फलफूल विस्तार कार्यक्रम अन्तर्गत १० लाख बजेट छुट्याई फलफूलका बिरुवा वितरण गरेकाे बताउनु भयाे । साथै बग्नासकाली गाउँपालिकाले कागती र सुन्तला पकेट क्षेत्र निर्माणका गर्नका लागि कागती र सुन्तलाका बिरूवालाई प्राथमिकता दिई वितरण गरेको बताउनु भयाे ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago