उजिर सिंह पार्ककाे शिलान्यास

पाल्पा । नेपाल अङ्ग्रेजबीच नुवाकोट जीतगढीमा भएको युद्धमा नेपाललाई विजय दिलाउने युद्धनायक कर्णेल उजिरसिंह थापाका नाममा पार्क वन्ने भएकाे छ । तानसेन नगरपालिका–६, सतनचुलीमा एक कार्यक्रमका विच पार्कको शिलान्यास गरिएको छ । पाल्पा क्षेत्र नम्वर २ का सांसद सोमप्रसाद पाण्डेयले शिलान्यास गर्नुभएकाे हाे । ऐतिहासिक सतनचुलि मन्दिर परिसरमा कर्णेल उजिरसिंह पार्क स्थापना गर्न लागिएकाे हाे । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सांसद सोमप्रसाद पाण्डेयको रु ५० लाख बजेट विनियोजनबाट पूर्वाधारका काम भइरहेको छ । आर्थिक वर्ष २०७६।०७७ बजेटबाट सो काम भइरहेको छ । नेपालको भूगोल जोगाउने, राष्ट्रियताको रक्षा गर्ने र स्वाधीन नेपालका निम्ति आधुनिक हतियारले सुसज्जित अङ्ग्रेजलाई परास्त गर्ने नेपाली सेनाका कर्णेल थापाको योगदानको कदर गरेर उद्यान निर्माणमा प्राथमिकता दिइएको सांसद पाण्डेयले वताउनुभयाे । कार्यक्रममा तत्कालिन संविधानसभा सदस्य नारायणी शर्मा र  जिल्ला समन्वय समिति पाल्पाका कार्यवाहक प्रमुख मीरा मरासिनीले पर्यटन विकासमा उद्यानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयाे । पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, नेकपाका धनेन्द्रराज घिमिरे, नेपाली काँग्रेसका विधान श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर कुँवर र राष्ट्रिय जनमोर्चाका  विशाल दर्लामी र नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले बर्तुङमा उद्यान निर्माण हुनु सुखद् पक्ष भएको बताए ।

पार्ककाे महत्व र उजिरसिंहकाे याेगदानका वारेमा स्थानिय काेषलराज तिमिल्सेनाले प्रकाश पारेका थिए । समितिका अध्यक्ष दयाराम पाण्डेले उद्यानको विस्तृत गुरूयोजना निर्माण गरी राष्ट्रकै महत्वपूर्णस्थल बनाइने योजना रहेको जानकारी दिए । शिलान्यास कर्यक्रममा स्थानिय समाजसेवी तथा उपभाेक्ताहरुकाे उपस्थिती रहेको थियो । उद्यान निर्माणले पाल्पा आउने पर्यटकलाई टहलिन सहज हुने देखिएको छ भने पार्क वन्ने भएपछी स्थानियहरु हर्षित छन् ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago