चेल्सी युनाइटेडसँग र आर्सेनल एफए कप सेमिफाइनलमा भिड्ने

गए राती सम्पन्न तीन खेलपछी एफए कपको सेमीफाइनल समिकरण पुरा भएको छ । चेल्सी, आर्सनल र म्यान्चेस्टर सिटिले जित निकाल्दै सेमी फाइनल यात्रा तय गरेका हुन ।

म्यान्चेस्टर युनाइटेड यसभन्दा अगाडीनै नर्विच लाई हराएर सेमी फाइनलमा पुगी सकेको छ ।जुलाई १८ मा हुने सेमी फाइनलमा म्यान्चेस्टर युनाइटेड र चेल्सी भिड्दै छन भने जुलाई १९ मा आर्सनल र म्यान्चेस्टर सिटी फाइनलको लागी भिडदै छन ।

आइतबार राति भएको पहिलो खेलामा सेफिल्ड युनाइटेडलाई २–१ गोलले पराजित गर्दै आर्सनल सेमिफाइनल प्रवेश गरेको हो। खेलको २५ औं मिनटमा पेनाल्टीबाट अग्रता लिएको आर्सनलाई ८७औं मिनटमा सेफिल्डले बराबरी गरेको थियो । तर, खेलको इन्जुरी समय(९०+१)औ मिनेटमा गरेको दोस्रो गोलको मद्दतले आर्सनलले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

त्यस्तै दोस्रो खेल लेष्टरको घरेलु मैदानमा लेष्टर र चेल्सीबिच भएको हो । क्वाटरफाइनल खेलमा चेल्सीका रोस बार्क्लीले ६३औ मिनेटमा गरेको गोलको मद्दतले चेल्सीले अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

तेस्रो तथा अन्तिम खेलामा म्यानचेस्टर सिटीले न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्‍यो । ३७ औँ मिनेटमा पाएको पेनाल्टी र ६८ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको गोलले म्यानचेस्टर सिटीले क्वाटरफाइनलमा जित निकाल्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago