काठमाडौं – मनसुन सक्रिय भएपछि केही दिनदेखि जारी वर्षा कम्तीमा अरू तीन दिन नरोकिने मौसम माहाशाखाले जनाएकोछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा तीन दिनसम्म मुलुकका विभिन्न भू-भागमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न भू-भागमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ । दिउँसोसम्म प्रदेश १, २, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । आजै राति मुलुकका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ । यस्तै मंगलबार र बुधबार पनि मुलुकभर वर्षा हुने महाशाखाको पूर्वानुमान छ । मुलुकभर वर्षा नरोकिँदा विभिन्न नदी तथा खोला-खोल्सीमा पानीको वहाव उच्च भई बाढी पहिरो एवं डुबानको खतरा रहेकाले सतर्क रहन पनि महाशाखाले आह्वान गरेको छ ।
महाशाखाले भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले हिँडडुल गर्दा पनि सावधानी अपनाउन आह्वान गरेको छ । महाशाखाले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार मुलुकका विभिन्न स्थानमा न्यूनतम २ मिलिलिटरदेखि अधिकतम १३० मिलिलिटरसम्म वर्षा भएको छ । दिपायलमा २.४ मिलिलिटर वर्षा हुँदा धनगढीमा ३.५, वीरेन्द्रनगरमा १२.३, नेपालगञ्जमा १८, घोराहीमा २५.४ र पोखरामा २७.८ मिलिलिटर वर्षा भएको छ । यस्तै भैरहवामा ११४.५ मिलिलिटर, सिमरामा ३५.६, काठमाडौंमा ९.४, ओखलढुंगामा ३.४, ताप्लेजुङमा १२.९, धनकुटामा ९.४, विराटनगरमा ८७.१, धरानमा १२.३, लुम्लेमा ३४.७ तथा जनकपुरमा १३० मिलिलिटर वर्षा भएको महाशाखाले जनाएको छ । कन्काई, कोशीसहितका नदीको बहाव बढ्ने आगामी ३ दिन कन्काई, कोशी, कमला, बागमती, पश्चिम राप्ती नदीमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…