स्वतन्त्र पत्रकार संघ पाल्पाद्वारा क्यालेण्डर प्रकाशन

पाल्पा । स्वतन्त्र पत्रकार संघ नेपाल, पाल्पा शाखाले नयाँ वर्ष २०७७ को क्यालेण्डर प्रकाशन गरेको छ । पाल्पाको ऐतिहासिक स्थल, संघका गतिविधि, स्थानीय तहका सामाजिक सन्देश र महत्वपूर्ण तिथिमिति समावेश गरी प्रकाशित क्यालेण्डर शुक्रबार सार्वजनिक गरिएको हो ।


स्वतन्त्रका केन्द्रीय उपाध्यक्ष अम्बिका पाण्डे, केन्द्रीय महासचिव जीवलाल सुवेदी, प्रदेस ५ कार्यसमिति सदस्य भविन्द्र गौतम, जिल्ला अध्यक्ष भोजराज भट्टराई र कोषाध्यक्ष प्रकाश न्यौपानेले संयुक्त रूपमा क्यालेण्डर विमोचन गर्नुभयो । जिल्ला अध्यक्ष भोजराज भट्टराईले संघले जिल्लाबाट सम्पादित केही गतिविधि समावेश सहित प्रकाशित क्यालेण्डरलाई लकडाउन खुलेपछि देशभरका शाखासम्म पुर्‍याइने बताउनुभयो । भट्टराई संयोजक रहेको प्रकाशन समितिमा भविन्द्र गौतम, अम्बिका पाण्डे, जीवलाल सुवेदी, राम ज्ञवाली र प्रकाश न्यौपाने रहनुभएको छ ।
यसअघि स्वतन्त्रको पाल्पा शाखाको संयोजनमा स्वतन्त्र सन्देश अंक २ प्रकाशन भएको थियो । संघले वार्षिक रूपमा देशभरका शाखाहरूको गतिविधि समावेश गरी स्वतन्त्र सन्देश प्रकाशनलाई निरन्तरता दिएको र केही शाखाहरूले क्यालेण्डर प्रकाशन गरेको केन्द्रिय महासचिव जीवलाल सुवेदीले जानकारी दिनुभयो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago