स्वतन्त्र पत्रकार संघ पाल्पाद्वारा क्यालेण्डर प्रकाशन

पाल्पा । स्वतन्त्र पत्रकार संघ नेपाल, पाल्पा शाखाले नयाँ वर्ष २०७७ को क्यालेण्डर प्रकाशन गरेको छ । पाल्पाको ऐतिहासिक स्थल, संघका गतिविधि, स्थानीय तहका सामाजिक सन्देश र महत्वपूर्ण तिथिमिति समावेश गरी प्रकाशित क्यालेण्डर शुक्रबार सार्वजनिक गरिएको हो ।


स्वतन्त्रका केन्द्रीय उपाध्यक्ष अम्बिका पाण्डे, केन्द्रीय महासचिव जीवलाल सुवेदी, प्रदेस ५ कार्यसमिति सदस्य भविन्द्र गौतम, जिल्ला अध्यक्ष भोजराज भट्टराई र कोषाध्यक्ष प्रकाश न्यौपानेले संयुक्त रूपमा क्यालेण्डर विमोचन गर्नुभयो । जिल्ला अध्यक्ष भोजराज भट्टराईले संघले जिल्लाबाट सम्पादित केही गतिविधि समावेश सहित प्रकाशित क्यालेण्डरलाई लकडाउन खुलेपछि देशभरका शाखासम्म पुर्‍याइने बताउनुभयो । भट्टराई संयोजक रहेको प्रकाशन समितिमा भविन्द्र गौतम, अम्बिका पाण्डे, जीवलाल सुवेदी, राम ज्ञवाली र प्रकाश न्यौपाने रहनुभएको छ ।
यसअघि स्वतन्त्रको पाल्पा शाखाको संयोजनमा स्वतन्त्र सन्देश अंक २ प्रकाशन भएको थियो । संघले वार्षिक रूपमा देशभरका शाखाहरूको गतिविधि समावेश गरी स्वतन्त्र सन्देश प्रकाशनलाई निरन्तरता दिएको र केही शाखाहरूले क्यालेण्डर प्रकाशन गरेको केन्द्रिय महासचिव जीवलाल सुवेदीले जानकारी दिनुभयो ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago