अखिल छैठाैँ पाल्पाले अनलाइन कक्षाका लागि सबै विद्यार्थीहरूलाई निशुल्क डाटा उपलब्ध गराउन माग ।

 

सन्ताेष गहतराज, पाल्पा, बैशाख १६ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन( छैठौ) पाल्पाले एक प्रेस बिज्ञप्ति जारी गरि अहिलेको सन्दर्भमा अनलाइन कक्षाका लागि सबै विद्यार्थीहरूलाई नि शुल्क डाटा उपलब्ध गराउन माग गरेकाे छ ।

बिश्वसमुदाय कोरोना भाइरसको माहामरी संग जुधिरहेको छ । हामीले यो भाइरसबाट बच्नु र यसलाई परास्त गर्नु अहिलेको आबस्यकता हो । अहिले देशभर लकडाउन गरिएको छ यसबाट विभिन्न परिस्थितिहरु उत्पन्न भएका छ्न । देशका सबैजसो क्षेत्रमा यसको गम्भीर असर परिरहेको छ । सिङ्गो शिक्षा क्षेत्रलाई यसले प्रभावित पारेको छ । लाखौं विद्यार्थीहरुको पठपाठन ठप्प हुनुका साथै स्कुल कलेजका परिक्षाहरु समेत हुन सक्ने अबस्था छैन । यसबाट विद्यार्थी हरुको भबिष्य समेत अन्योलमा पर्ने देखिन्छ । यसको बैकल्पिक उपाय खोज्नु अहिलेको आवश्यकता हो । बिज्ञप्तिमा उल्लेख छ ।

हालै त्रिभुवन बिश्वबिद्यालयले अनलाइन कक्षा संचालन सम्बन्धि निर्देशिका सहित त्रि बि अन्तर्गतका सबै आंगिक क्याम्पसहरुमा परिपत्र गरेको छ । यसप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । बर्तमान अबस्थामा लाखौं विद्यार्थी हरु देशका मुख्त शहर बाहिर छ्न।उनीहरु आफ्ना पाठ्यपुस्तक र पाठ्यसामग्री बिना घरमै बसिरहेका छ्न । नेपालका सबै क्षेत्रमा अनलाइन कक्षा लिने गरि ईन्टरनेटको पहुँच छैन साथै सबै विद्यार्थीहरुले महँगो डाटा मार्फत कक्षा लिन सक्ने अबस्था छैन । यस्तो परिस्थितिमा कक्षा संचालन गरिए लाखौं विद्यार्थीहरु शिक्षा लिन पाउने अधिकार बाट बन्चित हुने जिल्ला अध्यक्ष पुरन पोखरेलद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

बर्तमान परिस्थितिमा बैकल्पिक रुपमा अनलाइन कक्षा संचालन गर्दा त्रिभुवन बिश्वबिद्यालय,नेपाल सरकार र दुरसंचार प्रा.लि. हरुको समन्वयमा विद्यार्थीहरुका लागी निशुल्क डाटा प्याक उपलब्ध गराइ प्रयोगात्मक बाहेकका बिषयको कक्षा संचालक गर्न र कक्षा लिन नसक्ने विद्यार्थी हरुको सम्बन्धित संस्थाले डाटा संकलन गरि बैकल्पिक उपायको खोजी गर्न माग गर्दछौं । पाल्पा जिल्लाका त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा लगाएत सबै क्याम्पस हरुलाइ आबस्यक छलफल तथा तयारीमा जुटन अनुरोध गर्दछौं । उक्त बिज्ञप्तिमा उल्लेख छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago