अखिल छैठाैँ पाल्पाले अनलाइन कक्षाका लागि सबै विद्यार्थीहरूलाई निशुल्क डाटा उपलब्ध गराउन माग ।

 

सन्ताेष गहतराज, पाल्पा, बैशाख १६ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन( छैठौ) पाल्पाले एक प्रेस बिज्ञप्ति जारी गरि अहिलेको सन्दर्भमा अनलाइन कक्षाका लागि सबै विद्यार्थीहरूलाई नि शुल्क डाटा उपलब्ध गराउन माग गरेकाे छ ।

बिश्वसमुदाय कोरोना भाइरसको माहामरी संग जुधिरहेको छ । हामीले यो भाइरसबाट बच्नु र यसलाई परास्त गर्नु अहिलेको आबस्यकता हो । अहिले देशभर लकडाउन गरिएको छ यसबाट विभिन्न परिस्थितिहरु उत्पन्न भएका छ्न । देशका सबैजसो क्षेत्रमा यसको गम्भीर असर परिरहेको छ । सिङ्गो शिक्षा क्षेत्रलाई यसले प्रभावित पारेको छ । लाखौं विद्यार्थीहरुको पठपाठन ठप्प हुनुका साथै स्कुल कलेजका परिक्षाहरु समेत हुन सक्ने अबस्था छैन । यसबाट विद्यार्थी हरुको भबिष्य समेत अन्योलमा पर्ने देखिन्छ । यसको बैकल्पिक उपाय खोज्नु अहिलेको आवश्यकता हो । बिज्ञप्तिमा उल्लेख छ ।

हालै त्रिभुवन बिश्वबिद्यालयले अनलाइन कक्षा संचालन सम्बन्धि निर्देशिका सहित त्रि बि अन्तर्गतका सबै आंगिक क्याम्पसहरुमा परिपत्र गरेको छ । यसप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । बर्तमान अबस्थामा लाखौं विद्यार्थी हरु देशका मुख्त शहर बाहिर छ्न।उनीहरु आफ्ना पाठ्यपुस्तक र पाठ्यसामग्री बिना घरमै बसिरहेका छ्न । नेपालका सबै क्षेत्रमा अनलाइन कक्षा लिने गरि ईन्टरनेटको पहुँच छैन साथै सबै विद्यार्थीहरुले महँगो डाटा मार्फत कक्षा लिन सक्ने अबस्था छैन । यस्तो परिस्थितिमा कक्षा संचालन गरिए लाखौं विद्यार्थीहरु शिक्षा लिन पाउने अधिकार बाट बन्चित हुने जिल्ला अध्यक्ष पुरन पोखरेलद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

बर्तमान परिस्थितिमा बैकल्पिक रुपमा अनलाइन कक्षा संचालन गर्दा त्रिभुवन बिश्वबिद्यालय,नेपाल सरकार र दुरसंचार प्रा.लि. हरुको समन्वयमा विद्यार्थीहरुका लागी निशुल्क डाटा प्याक उपलब्ध गराइ प्रयोगात्मक बाहेकका बिषयको कक्षा संचालक गर्न र कक्षा लिन नसक्ने विद्यार्थी हरुको सम्बन्धित संस्थाले डाटा संकलन गरि बैकल्पिक उपायको खोजी गर्न माग गर्दछौं । पाल्पा जिल्लाका त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा लगाएत सबै क्याम्पस हरुलाइ आबस्यक छलफल तथा तयारीमा जुटन अनुरोध गर्दछौं । उक्त बिज्ञप्तिमा उल्लेख छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago