लकडाउनको बेला मानसिक स्वास्थ्य कसरी ठिक राख्ने सरल उपाए

नेपालमा हालसम्म ५ जनामा (COVID-19)

कोरोना भाइरस देखिएको छ। एकजनाको उपचारपछि संचो भएको अवस्था छ। यस्तो बेलामा देशका हरेक नागरिकले आफ्नो स्वास्थ्यको ख्याल गर्नु जरुरी हुन्छ। आफूलाई स्वस्थ राख्न नियमित सरसफाईदेखि खानपानशैलीमा विशेष ध्यान दिनु जरुरी हुन्छ। तल केही टिप्स दिइएका छन्। यसले पनि तपाईको स्वास्थ ठीक राख्न केही मद्त गर्नेछ।

साथै तलका कुरामा पनि ध्यान दिनुहोला

नियमित शारीरिक व्यायाम गर्नुहोस् : बिहान सबैरै उठ्नुहोस्। ताजा हावामा स्वतन्त्र रूपमा सास फेर्नुहोस। तपाईंको दिमाग सही दिशामा चल्नेछ ।  व्यायामले तनावलाई कम गर्दछ। घरको कम्पाउन्ड फराकिलो छ भने २०/२५ मिनेट जति हिड्ने गर्नुहोस्।

सन्तुलित खाना खानुहोस् : भनिन्छ खानाको प्रकारले व्यक्तिको आनीबानी देखाउँछ। त्यसैले पौष्टिक खाना खानुहोस्। पानी र झोलिलो पर्दाथ प्रशस्त मात्रामा पिउनुहोस्। मन तातो पानीबाट दैनिकी सुरुवात गर्नुहोस्। बेलुकाको खानामा रोटी, साग,दूध खानुहोस्। राती सुत्दा मनतातो दूध वा मन पानी पिएर सुत्नुहोस्।

परिवारसँग रमाउनुहोस् :  सधैं काममा व्यस्त भएकाहरुलाई यतिबेला एउटा संयोग जुरेको छ परिवारसँग बस्ने। यो अवसर हामीले चाहेर पनि कहिल्यै पाउँदैनौ। त्यसैले यतिबेला बाबु आमा छोराछोरी सबै सँगै मिलेर खाना पकाउने, सरसल्लाह गर्ने  गर्नुपर्छ।यसो गर्दा आत्मियता बढ्नुको साथै तनाव पनि कम हुन्छ।

अनिदो नबस्ने : जो निद्रामा सम्झौता गर्दछ उसको स्वास्थ्यमा गम्भीर असर पुग्छ। निन्द्रा अभावका कारण कतिपय मानिस विभिन्न शारीरिक तथा मानसिक रोगबाट ग्रसित छन्। यदि तपाईं राम्ररी सुत्नु हुन्छ भने त्यसले शरीरमा बेग्लै उर्जा दिन्छ। साथै, काम पनि ठीकसँग गर्न सकिन्छ।

संगीत, पढाइ नियमित बनाउने : यदि तपाईं यतिबेला घरमा एक्लै हुनुहुन्छ भने पक्कै पनि आफूलाई एक्लो महशुस गरिरहनु भएको होला। यस्तो बेलामा तपाईले संगीत सुन्ने र किताब पढ्ने गर्नु भयो भने भने पक्कै पनि राहत मिल्नेछ । आफूलाई मनपर्ने कुनै पेन्टिङ पनि गर्नसक्नु हुन्छ।

आत्तिएर कहिले गाउँ जाने: कहिले सहर जाने प्रवृतिलाई निरुत्साहित गर्नु जरुरी छ । जति आवतजावत बढ्यो त्यति नै संक्रमण फैलिने डर हुन्छ | तसर्थ जो जहाँ छ, त्यहीं बस्ने प्रवृतिलाई प्रोत्साहन गर्नु उपयुक्त हुन्छ ।

कोरोना संक्रमण भइहाले पनि डराउनु पर्दैन : ८५ % संक्रमित बिरामीलाई सामान्य लक्षण देखिएर निको हुन्छ ।बाँकीलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ ।मृत्युदर नगन्य मात्र छ ।
हल्ला : भ्रम र कपोकल्पित कुरामा विश्वास नगर्नुहोला । आधिकारिक मेडिया र स्वास्थ्यकर्मीका कुरा सुन्ने गर्नुहोला ।

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago