वाग्मतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि के गर्दै छन् प्रचण्ड–नेपाल समूह ?

मकवानपुरवाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोप्रचण्डमाधव समूहले सरकार बनाउनका लागि छलफलको कामलाई तीव्रता दिएको  

नेपाली  का‌ंग्रेसपार्टीसँग नमिलिकन सरकार नबन्ने भएकाले का‌ंग्रेससँगको छलफललाई तीव्रता दिइएको नेकपा वाग्मती प्रदेशकानेता तथा प्रदेश सभाका सदस्य शालिकराम जमरकट्टेलले बताउनुभयो

वाग्मतीमा मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री पदबाट राजीनामा दिनुभएका जमरकट्टेलकाेपहलमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो त्यसपछि का‌ंग्रेससँग सहमति गरेर वाग्मती प्रदेशमा सरकार बनाउँदाअष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने पहिलो बटमलाइनबाट कुराकानी भइरहेको उहाँले बताउनुभयो

शाक्यलाई मुख्यमन्त्री बनाउने बटमलाइनबाट आफूहरू पछि नहट्ने उहाँले बताउनुभयो केन्द्रदेखि प्रदेशसम्मका नेताहरूसँग सांसदहरूसँग कुराकानी भइरहेको उहाँले बताउनुभयो  आफ्ना पक्षका ४६ जना सांसद नेपाल का‌ंग्रेसका २२ जना सांसद प्रदेशमाभएकाले धेरै सांसद भएकाले पनि आफूहरूले मुख्यमन्त्री पाउनुपर्ने अडानमा प्रचण्डमाधव समूहका सांसदहरू प्रदेशमा रहेका छन्

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै वाग्मती प्रदेशमा सत्ताको जोडघटाउ सुरु भएको हो तत्कालीननेकपा एमालेबाट संसदीय दलको नेतामा निर्वाचित भएर एकल बहुमतको सरकारको नेतृत्व गर्नुभएका पौडेलविरुद्ध सत्तारूढनेकपाभित्रको विवाद फुटतर्फ अग्रसर हुँदै गर्दा दाहालनेपाल पक्षबाट अविश्वासको प्रस्ताव दर्ता भएको हो अब वाग्मती प्रदेशमा नयाँसरकार गठन गर्न वा अविश्वासको प्रस्ताव सामना गर्न दुवै पक्षलाई प्रमुख प्रतिपक्ष कांग्रेसको साथ आवश्यक देखिएको

केपी ओली पक्षका मुख्यमन्त्री पौडेललाई टिकाउन होस् वा दाहालनेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको कुर्सीमापुर्‍याउन कांग्रेसको साथ विना सम्भव छैन मुख्यमन्त्रीको पक्षमा ३४ मत मुख्यमन्त्रीविरुद्ध दाहालनेपाल समूहका ४५ सांसदलेअविश्वासको प्रस्ताव दर्ता गराएका छन् पौडेललाई अब प्रदेश सरकार टिकाउन आवश्यक थप २२ मत कांग्रेससँग

४६ मत मात्र रहेको अर्को पक्षलाई पनि नयाँ सरकार बनाउन कांग्रेसको साथ आवश्यक पर्छ वाग्मती प्रदेश सभामा एक सय १० जनासदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ विवेकशील साझाका तीन जना, राप्रपाका दुई जना, नेपाल मजदुर किसान पार्टीका दुई जना स्वतन्त्र सांसद एक जना छन् साना दल सबै दाहालनेपाल समूहसँग मिले पनि प्रदेश सरकार गठन हुन सक्दैन यद्यपि कांग्रेसलेअहिलेसम्म ठोस निर्णय लिन सकेको छैन

यसका लागि समन्वयको जिम्मा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई दिइएको यति महत्त्वपूर्ण विषय केन्द्रीय नेतृत्वसँगछलफल नगरि अघि बढ्न नसक्ने अवस्थामा पुगेको कांग्रेसका प्रदेश सभा सदस्यहरूले बताएका छन् मुख्यमन्त्री पौडेल अविश्वासकोप्रस्ताव सामना गर्नुअघि कांग्रेसको साथ खोजिरहेका छन् दुवै पक्षबीच विभिन्न चरणमा छलफल भइसकेको

लोकतन्त्रलाई संस्थागत गर्न परिवर्तनलाई बचाउन कांग्रेसले उचित समयमा उचित निर्णय गर्नेछ तत्काल सरकारमा जाने विषयमाछलफल भएको छैन’, नेता बानियाँले भन्नुभयाे, ‘आवश्यक परेको खण्डमा लोकतन्त्र प्रदेशको हितमा निर्णय गर्न तयार छौँ ’  

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago