काठमाडौं आएलगत्तै चिनियाँ टोली राजनीतिक भेटघाटमा सक्रियः राष्ट्रपतिसँग छलफल, सोमबार प्रधानमन्त्रीदेखि शीर्ष नेतासम्म भेटको सूचीमा

काठमाडौंः नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले काठमाडौँ उत्रिएसँगै राजनीतिक भेटघाट सुरु गरेको छ।पुस गते हठात भएको प्रतिनिधिसभा विघटनपछि आन्तरिक राजनीतिक तरंगित छ। कानुनी रुपमा बाहेक पार्टी विभाजन भइसकेकोअवस्थामा उत्तरी छिमेकबाट राजनीतिक भ्रमण भएको हो।आइतबार कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचाओको नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आइपुगेको हो। आइतबार दिउँसो नेपाल आएको प्रतिनिधिमण्डलको भेटघाटको तालिकालाई गोप्य राखिएको छ। नेपालका तर्फबाट कुनै पनिआधिकारिक निकायले भेटबारे औपचारिक रुपमा कुनै पनि जानकारी तथा टिप्पणी गरेका छैनन्।

प्रतिनिधिमण्डलले आइतबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा भेटवार्ता गरेको छ। चिनियाँ टोलीले भेटमाराष्ट्रपति भण्डारीलाई चिनियाँ समकक्षीको सन्देशबारे जानकारी गराएको स्रोत बताउँछ। यद्यपि भेटवार्ताका क्रममा भएका छलफलबारेऔपचारिक रुपमा दुवै निकायबाट जानकारी भएको छैन।आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि प्रतिनिधिमण्डलले भेट गर्ने तयारी गरे पनि रातिसम्म भेट भएको छैन। प्रधानमन्त्रीकोसचिवालयका एक सदस्यका अनुसार सोमबारका लागि भेट तय भएको छ।

यस्तै, स्रोतहरुका अनुसार प्रतिनिधिमण्डलले नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुसँग पनि सोमबार नै भेट गर्नेछन्। नेकपा अध्यक्षपुष्पकमल दाहालसँग सोमबार खुमलटारमा भेटको कार्यक्रम रहेको स्रोत बताउँछ। यस्तै, नेता माधवकुमार नेपालसँग पनि निवासकोटेश्वरमा नै भेट हुनेछ। वरिष्ठ नेता झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि चिनियाँ टोलीले भेट गर्नेसम्भावना रहेको स्रोत बताउँछ।

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago