देवघाटमा शव जलाउने दाउरा अभाव

चितवन, १२ कात्तिक । दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ ।
फाइल फोटो
तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव जलाउन दाउरा नहुने भएको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार अहिले भएका दाउराले तीन दिनलाई भन्दा पुग्दैन । उहाँले भन्नुभयो “रुखका जरा, छरिएरका टुक्राहरु सङ्कलन गर्दा मुस्किलले एक हप्तालाई पु¥याउन सकिएला ।” सरकारले सालको काठ ढुवानीमा रोक लगाएपछि दाउराको अभाव हुँदै आएको छ । सालको काठको अवैध ओसारपसार नियन्त्रणका लागि नेपाल सरकारले गत जेठ २८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार देशभर सालको काठको ढुवानीमा रोक लगाएको थियो । विशेषगरी तराईका जिल्लामा सालको काठको अवैध ओसारपोसार रोक्न सरकारले काठ उक्त निर्णय गरेको थियो । देवघाट क्षेत्र विकास समितिले चितवन र नवलपरासी बर्दघाट सुस्तापूर्वको जिल्ला वन पैदावर आपूर्ति समितिबाट खरिद गरी सालको दाउरा ल्याउने गर्छ । यसअघि गत चैत ६ गते नवलपरासीबाट ५० चट्टा दाउरा रु आठ लाख ८३ हजारमा खरिद गरी १० गते ल्याउने तयारी भएकोमा सो दिन ल्याउन नसकिएको र त्यसपछि लकडाउनको कारण ल्याउन नसकिएको अध्यक्ष पौडेलले बताउनुभयो । एक चट्टा दाउराले १४ वटासम्म शव जलाउन सकिन्छ । यसबीचमा विभिन्न पहलपछि नारायणगढ–बुटवल सडक आयोजनाले काटेको रुखका २६ चट्टा दाउरा ल्याउनका लागि भुक्तानी गरिएको भए पनि स्थानीयवासीले अवरोध गरेपछि २० चट्टा मात्रै आएको थियो । त्यो दाउरा पनि केही दिनमै सकिन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीकी जनसम्पर्क सल्लाहकार सीता पौडेलले यस समस्याका विषयमा प्रधानमन्त्री कार्यालय र वन मन्त्रालयमा आफूले जानकारी गराएको बताउनुभयो । त्यसपश्चात् २६ चट्टा दाउराका लागि पत्राचार भएको भन्दै उहाँले थप पहलका काम आफूले गरिरहेको बताउनुभयो । जिल्ला वन कार्यालय नवलपरासीका प्रमुख मोहन काफ्लेले २६ चट्टामध्येको ६ चट्टा पठाउने विषयमा सहमति भएको भए पनि मन्त्रिपरिषद्को निर्णयबिना भुक्तानी लिइसकेको ५० चट्टा भने पठाउन नसकिने जानकारी दिनुभयो । समितिले चितवन र नवलपरासीबाट दाउरा ल्याउने गर्दछ । समितिका अध्यक्ष पौडेलले समितिसँग आफैमा दाउरा नहुने भएकाले अब हुने समस्याको मूलकारण सरकारको निर्णय नै हुने बताउनुभयो । पवित्र कालीगण्डकी र त्रिशूलीको सङ्मस्थल देवघाटमा शवको दाहासंस्कारको लागि देशका धेरै ठाउँबाट ल्याउने गरिन्छ । देशकै मध्यभागमा रहेको यस धाममा दाहासंस्कार गर्दा मृतात्माले शान्ति पाउने विश्वास छ । काठमाडौँंको पशुपतिपछि सबैभन्दा धेरै शव संस्कार गरिने देवघाटधाम नै हो । यहाँ शव जलाउन दाउरा बाहेक अन्य विकल्प छैन । विद्युतीय शवगृहको निर्माणको काम भइरहेको भए पनि सम्पन्न हुनसकेको छैन । देवघाटमा गत वर्ष तीन हजार २०० शव जलाइएको थियो । अघिल्ला वर्षमा यो सङ्ख्या बढिरहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्षका लागि ३०० चट्टा हाराहारी दाउरा आवश्यक पर्दछ । 
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago