बिहारमा पहिलो चरणको निर्वाचन, ७१ पदका लागि १०६६ उम्मेदवार

पटना, १२ कात्तिक । भारतको बिहारमा विधानसभाका लागि बुधबार पहिलो चरणको निर्वाचन भइरहेको छ । बिहारमा तीन चरणमा चुनाव हुँदैछ ।

फाइल फोटो

पहिलो चरणमा ७१ पदका लागि एक हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ । ती मध्ये ९५२ जना पुरुष र १५५ जना महिला रहेका छन् । बिहानैदेखि भइरहेको मतदानमा कोरोनाभाइरसबाट जोगिन मतदाताहरुलाई आधारभूत मापदण्डहरु अपनाउन आह्वान गरिएको छ । बुधबार मतदान भइरहेको क्षेत्रमा कुल दुई करोड १४ लाख ८४ हजार ७८७ जना बैध मतदाता रहेका छन् । ती मध्ये पुरुष एक करोड १२ लाख ७६ हजार ३९६ जना र महिला एक करोड एक लाख २९ हजार १०१ रहेको आयोगले जनाएको छ । निर्वाचन सम्पन्न गराउन ७८ हजार ६९१ जना निर्वाचन कर्मचारी खटिएका छन् । बिहार राज्य अन्तर्गतका १६ जिल्लामा निर्वाचन भएको हो । मतदानका बेला अपनाउनु पर्ने मापदण्डका बारेमा निर्वाचन आयोगले निर्देशिका नै बनाएर जारी गरेको छ । भारतमा कोरोनाभाइरसको महामारी चलिरहेकै बेला पहिलो पटक निर्वाचन भइरहेको हो । मापदण्डमा विद्युतीय मतदान यन्त्रलाई सेनिटाइज गर्नु पर्ने, सबैले मास्कको प्रयोग गर्नुपर्ने, प्रतिरक्षात्मक अन्य साधनहरुको प्रयोग गर्नुपर्ने, सेनिटाइजर, साबुन र पानी सबैलाई पर्याप्त उपलब्ध गराउनु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्नेलगायतका कुरा उल्लेख गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उच्च सतर्कताका साथ मतदान कार्यमा सहभागी हुन सबैलाई अपिल गर्नुभएको छ । मापदण्डहरु पूर्ण रुपमा पलना गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago