बिहारमा पहिलो चरणको निर्वाचन, ७१ पदका लागि १०६६ उम्मेदवार

पटना, १२ कात्तिक । भारतको बिहारमा विधानसभाका लागि बुधबार पहिलो चरणको निर्वाचन भइरहेको छ । बिहारमा तीन चरणमा चुनाव हुँदैछ ।

फाइल फोटो

पहिलो चरणमा ७१ पदका लागि एक हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ । ती मध्ये ९५२ जना पुरुष र १५५ जना महिला रहेका छन् । बिहानैदेखि भइरहेको मतदानमा कोरोनाभाइरसबाट जोगिन मतदाताहरुलाई आधारभूत मापदण्डहरु अपनाउन आह्वान गरिएको छ । बुधबार मतदान भइरहेको क्षेत्रमा कुल दुई करोड १४ लाख ८४ हजार ७८७ जना बैध मतदाता रहेका छन् । ती मध्ये पुरुष एक करोड १२ लाख ७६ हजार ३९६ जना र महिला एक करोड एक लाख २९ हजार १०१ रहेको आयोगले जनाएको छ । निर्वाचन सम्पन्न गराउन ७८ हजार ६९१ जना निर्वाचन कर्मचारी खटिएका छन् । बिहार राज्य अन्तर्गतका १६ जिल्लामा निर्वाचन भएको हो । मतदानका बेला अपनाउनु पर्ने मापदण्डका बारेमा निर्वाचन आयोगले निर्देशिका नै बनाएर जारी गरेको छ । भारतमा कोरोनाभाइरसको महामारी चलिरहेकै बेला पहिलो पटक निर्वाचन भइरहेको हो । मापदण्डमा विद्युतीय मतदान यन्त्रलाई सेनिटाइज गर्नु पर्ने, सबैले मास्कको प्रयोग गर्नुपर्ने, प्रतिरक्षात्मक अन्य साधनहरुको प्रयोग गर्नुपर्ने, सेनिटाइजर, साबुन र पानी सबैलाई पर्याप्त उपलब्ध गराउनु पर्ने, सामाजिक दुरी कायम गर्नुपर्नेलगायतका कुरा उल्लेख गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उच्च सतर्कताका साथ मतदान कार्यमा सहभागी हुन सबैलाई अपिल गर्नुभएको छ । मापदण्डहरु पूर्ण रुपमा पलना गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago