माथागढि गाउँपालिका १ चिदीपानीका स्थानीयकाे घरघरमा धारा ।

पाल्पा ।  लिफ्ट खानेपानी प्रविधिबाट गाउँबस्तीमा पानी ल्याएपछि स्थानीय खुसी भएका छन्। घरघरमा पानी आएपछि बाउबाजेदेखि बिहानभरी डोकोमा पानी बोकेर दैनिकी चलाउँदै आएका माथाँगढी गाउँपालिका १ चिदीपानी चदौलीबासीको दैनिकी फेरिएको छ ।

लिफ्ट खानेपानी योजना समयमै सम्पन्न भएपछि डोकोमा गाग्री बोकेर २ किलोमिटर उकालो ओरालो गर्नुपर्ने बाध्यता हटेको छ ।  एक ग्रागो पानी लिन बिहान बिताउनुपर्ने भएपछि चुदौलीवासी हैरानी भएका थिए। 

अहिले घर-घरमै धारा जोडिएका छन् । २४ सै घण्टा धारा खोल्दा पानी आएपछि चदौलीवासीले जनजीवन नै परिवर्तन भएको महशुस गरेका छन् । ‘दैनिक बिहान ४ बजे उठेर पानी बोक्नु पर्थ्यो, मंसिर पुसदेखि पधेरामा पानीको समस्या हुन्थ्यो, कहिले पानी नपाएर रित्तो गाग्री लिएर घर फर्किनु पर्ने बाध्यता थियो, पानी नहुँदा छोराछोरीलाई धुलोमैलो स्कुल पठाउनु पर्थ्यो,गृहिणी रिता पन्थीले भनिन्,’ पानी घरघरमा आएपछि पुराना दुःख समेत बिर्सिए।’

कोरोना संक्रमण तथा लकडाउनको समयमा समेत उपभोक्ता दिनरात खटिएर काममा जुटेपछि निर्धारित समयमै लिफ्ट खानेपानी योजनाको काम सकिएको हो।  लिफ्ट खानेपानी योजनाबाट चिदीपानी चुदौलीका १ सय २० घर पूर्णरुपमा लाभान्वित भएका छन् । 

घरघरमा धारा जोडिएपछि अहिले उपभोक्ता विभिन्न किसिमका तरकारी खेतिमा जुटेका छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाको करीब १ करोड रुपैयाँमा सम्पन्न भएको लिफ्ट खानेपानी योजनामा उपभोक्ताले २० प्रतिशत श्रमदान गरेका छन् ।

एक किलोमिटर तल खोल्साबाट गाउँमा पानी लिफ्ट गरी ल्याइएको हो । खानेपानी ल्याउन गाउँबाट ८ सय ५० जनाले निशुल्क श्रमदान गरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष निर्मल न्यौपानेले बताए । 

पानीको असुविधाको कारण डाँडाकाँडा टाकुरामा रहेका बस्ती बसाइसराइ क्रम बढेपछि पाल्पाका पालिकाले एक घर एक धारा कार्यक्रम ल्याएका छन् । आगामी दुई वर्ष भित्र सबै घरघरमा खानीपानीको धारा जडान गर्ने गरी पाल्पामा प्रदेश सरकार पानी तथा सरसफाइमा आधारित बास कार्यक्रम संचालन गरेको छ । सबै गाउँ बस्तीमा एक घर एक धारा पूर्णरुपमा कार्यान्वयन भएमा पहाडबाट तराई बसाइसरा‍इ रोकिने स्थानीय बताउँछन्।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago