माथागढि गाउँपालिका १ चिदीपानीका स्थानीयकाे घरघरमा धारा ।

पाल्पा ।  लिफ्ट खानेपानी प्रविधिबाट गाउँबस्तीमा पानी ल्याएपछि स्थानीय खुसी भएका छन्। घरघरमा पानी आएपछि बाउबाजेदेखि बिहानभरी डोकोमा पानी बोकेर दैनिकी चलाउँदै आएका माथाँगढी गाउँपालिका १ चिदीपानी चदौलीबासीको दैनिकी फेरिएको छ ।

लिफ्ट खानेपानी योजना समयमै सम्पन्न भएपछि डोकोमा गाग्री बोकेर २ किलोमिटर उकालो ओरालो गर्नुपर्ने बाध्यता हटेको छ ।  एक ग्रागो पानी लिन बिहान बिताउनुपर्ने भएपछि चुदौलीवासी हैरानी भएका थिए। 

अहिले घर-घरमै धारा जोडिएका छन् । २४ सै घण्टा धारा खोल्दा पानी आएपछि चदौलीवासीले जनजीवन नै परिवर्तन भएको महशुस गरेका छन् । ‘दैनिक बिहान ४ बजे उठेर पानी बोक्नु पर्थ्यो, मंसिर पुसदेखि पधेरामा पानीको समस्या हुन्थ्यो, कहिले पानी नपाएर रित्तो गाग्री लिएर घर फर्किनु पर्ने बाध्यता थियो, पानी नहुँदा छोराछोरीलाई धुलोमैलो स्कुल पठाउनु पर्थ्यो,गृहिणी रिता पन्थीले भनिन्,’ पानी घरघरमा आएपछि पुराना दुःख समेत बिर्सिए।’

कोरोना संक्रमण तथा लकडाउनको समयमा समेत उपभोक्ता दिनरात खटिएर काममा जुटेपछि निर्धारित समयमै लिफ्ट खानेपानी योजनाको काम सकिएको हो।  लिफ्ट खानेपानी योजनाबाट चिदीपानी चुदौलीका १ सय २० घर पूर्णरुपमा लाभान्वित भएका छन् । 

घरघरमा धारा जोडिएपछि अहिले उपभोक्ता विभिन्न किसिमका तरकारी खेतिमा जुटेका छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाको करीब १ करोड रुपैयाँमा सम्पन्न भएको लिफ्ट खानेपानी योजनामा उपभोक्ताले २० प्रतिशत श्रमदान गरेका छन् ।

एक किलोमिटर तल खोल्साबाट गाउँमा पानी लिफ्ट गरी ल्याइएको हो । खानेपानी ल्याउन गाउँबाट ८ सय ५० जनाले निशुल्क श्रमदान गरेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष निर्मल न्यौपानेले बताए । 

पानीको असुविधाको कारण डाँडाकाँडा टाकुरामा रहेका बस्ती बसाइसराइ क्रम बढेपछि पाल्पाका पालिकाले एक घर एक धारा कार्यक्रम ल्याएका छन् । आगामी दुई वर्ष भित्र सबै घरघरमा खानीपानीको धारा जडान गर्ने गरी पाल्पामा प्रदेश सरकार पानी तथा सरसफाइमा आधारित बास कार्यक्रम संचालन गरेको छ । सबै गाउँ बस्तीमा एक घर एक धारा पूर्णरुपमा कार्यान्वयन भएमा पहाडबाट तराई बसाइसरा‍इ रोकिने स्थानीय बताउँछन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago