फोटो फाईल
कास्की,जिल्ला समन्वय समिति कास्कीको मौज्दात कोषबाट कास्कीका तीन गाउँपालिकाका १५ वटा वडा कार्यालय भवन धमाधम निर्माणभइरहेका छन् । समन्वय समिति र गाउँपालिकाकाको लागत साझेदारीमा मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा वडाका भवनकेही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणाधीन रहेको जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले बताउनुभयो।
उहाँले भन्नुभयो, “भवन नभएको ठाउँमा वडा भवन हाम्रो पहिलो प्राथमिकता हो । जिल्ला समन्वय समितिको मौज्दात कोषको रकमबाटगाउँपालिकासँग लागत साझेदारी गरेर जिल्लाभर १५ वटा वडा कार्यालयहरु निर्माण हुँदै गर्दा खुुःशी लागेको छ ।”
मादी गाउँपालिकाको वडा नं ४ र १२ को वडा भवन निर्माण सम्पन्न भएर हालै उद्घाटन गरिएको छ । त्यसैगरी वडा नं ५,६,७,८,९ कोनिर्माणाधीन छ । वडा नं ३ र १० को प्रक्रिया शुरु भएको बताइन्छ । त्यसैगरी अन्नपूर्ण गाउँपालिकाको वडा नं ४,५,७,८ र ९को भवननिर्माणाधीन छन् । माछापुच्छ«े गाउँपालिकाको वडा नं ९ को वडा भवन निर्माण सम्पन्न भइसकेको सोही वडाका वडाध्यक्ष दुर्गाबहादुरक्षेत्रीले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिको ६० र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारी वडाका भवन निर्माण गरिएको हो । समन्वय प्रमुखअधिकारीका अनुसार रु ६० लाखदेखी ९० लाखसम्म लागतमा भवन निर्माण गरिएको हो । सङ्घीयता कार्यान्वयन अघिको साविककोजिल्ला विकास समितिको खातामा रहेको रु ३० करोड हाराहारीको रकम सङ्घीयतापछि जिल्ला समन्वयको खातामा बचत हुन आएकोहो । सोही रकम समन्वय समितिले जिल्लाका स्थानीय तहहरुको प्रशासकीय भवन तथा वडा भवन निर्माणमा लगाएको हो ।
पोखरा महानगरलाई रु आठ करोड तथा अन्य चार गाउँपालिकालाई रु चार करोड नघट्ने गरी मौज्दात रकम विनियोजन गरिएको थियो। सो रकम पालिकाहरुले साझेदारीमा वडा भवन नभएका ठाउँमा भवन निर्माणका लागि माग गरेका हुन् । विनियोजित रकम कतिपयपालिकाले भने गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने भएका छन् । समन्वयले सटर तथा जग्गा भाडा लगायतबाट वार्षिक रु एककरोड बराबर आन्तरिक आय गर्दै आएको छ । —
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…