महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

टीकापुर,टीकापुर नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्नुहुन्छ भैँसीकै दूध बेचेर नेहाकोमासिक आम्दानी रु. २० हजार बढी हुन्छ विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गर्नुभएको हो दूधको बजार खपत राम्रो भएपछि नेहाले दुई भैँसी पाल्ने योजना बनाउनुभयो ‘‘दुई भैँसी पालेर घाँस खेती समेत गरेकी छु’’, नेहाभन्नुहुन्छ, ‘‘ दुई भैँसीको साँझ बिहानको दैनिक १२ लिटर दूध बिक्री हुन्छ मेरो घर राम्रै चलेको ’’

फोटो फाईल

उहाँ मेहनत परिश्रम गरे सफलता सन्तुष्ति प्राप्त हुने बताउनुहुन्छ ‘‘घर खर्च चलाउन मात्र नभई आम्दानीका लागि भैँसीपालनराम्रो लाग्यो’’, नेहाले भन्नुभयो, ‘‘भैँसीले दूध दिन छोडेमा टीकापुरमै रहेको हाटबजारमा लगेर बेच्छु, अनि दुहुनो भैँसी किन्छु, सन्तुष्ट छु’’

भैँसीपालन टीकापुर लगायतका क्षेत्रका गृहणी महिलाका लागि आम्दानीको गतिलो माध्यम भएको घरमा बसेरव्यावसायिकरुपमा भैंँसीपालन गर्न थालेपछि यस क्षेत्रका महिलाले मनग्य आम्दानी गरिरहेका छन् टीकापुर नगरपालिका वडा नं. की तारा सुनारले पनि मासिक रु. १२ हजारसम्म आम्दानी लिइरहनु भएको ‘‘ दूध  बेचेको आम्दानीले घर राम्रै चलेको ’’, सुनारभन्नुहुन्छ, ‘‘ पनि ब्यस्त हुन्छु, काम पाइन भन्ने तनाव पनि छैन ’’

बजारमा दुधको माग बढिरहेको बजारमा सहजै रुपमा डेरी, होटलले दूध खरिद गर्ने गरेका कारण महिलाहरु यसतर्फ आकर्षितभएका हुन् महिलाले दूध बिक्री गरेर घर खर्च चलाएर बाँकी रकम बचत समेत गर्दै आएका छन् वडा नं. कै चन्द्रा ओडको पनिमासिक आम्दानी रु. १२ देखि १५ हजारसम्म हुन्छ ‘‘आम्दानीको केही अंश घरखर्चमा मासिन्छ’’, ओडले भन्नुभयो, ‘‘ समूह सहकारीमा मासिक बचत गरिरहेकी छु ’’

स्थानीय दुग्ध उत्पादक सहकारी संस्था, कृषि विकास बैँक तथा अन्य लघुवित्त बैँकवाट भैँसी खरिदको लागि स्थानीय किसानलाईऋण उपलब्ध भएपछि गृहिणी महिलालाई भँैसीपालन गर्न सहज भएको हो देउराली भञ्च्याङ कृषि सहकारीका प्रवन्धक आशाचौधरी सहकारीले अहिलेसम्म १६ महिलालाई अनुदान सहितको ऋण भैँसीपालनका लागि दिएको बताउनुभयो

‘‘रु. ४२ हजार ब्याजमा ऋण दिन्छौँ त्यो एक वर्षमा फिर्ता गर्नुपर्छ’’, प्रवन्धक चौधरीले भन्नुभयो, ‘‘भैँसी किनिसकेपछि गोठनिर्माणका लागि १८ हजार अनुदान दिन्छौँ समुदायमा विपन्न नागरिकलाई समूहमार्फत् पनि लगानी छौँ ’’ पहिले आम्दानी नभएरफुर्सदिला रहेका महिला भैँसीपालन गरेर मासिक रु. १० देखि १५ हजारसम्म आम्दानी गरिरहेका चौधरीले बताउनुभयो

टीकापुर नगरपालिकाले पनि यसरी व्यावसायिक रुपमा भैँसी तथा बङ्गुरपालन गर्न चाहनेलाई यसवर्ष पाडापाडी बङ्गुरका पाठाहुर्काउने कार्यक्रम राखेको किसानका मागअनुसार यसवर्ष ७५ प्रतिशत अनुदानमा भैँसीका पाडा बंङ्गुरका पाठा खरिद गरेर दिनेपशु शाखा प्रमुख श्यामराज पाण्डेले जानकारी दिनुभयो

sp sp

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago