महिलाको आम्दानीको स्रोत बन्दै भैँसीपालन

टीकापुर,टीकापुर नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्नुहुन्छ भैँसीकै दूध बेचेर नेहाकोमासिक आम्दानी रु. २० हजार बढी हुन्छ विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गर्नुभएको हो दूधको बजार खपत राम्रो भएपछि नेहाले दुई भैँसी पाल्ने योजना बनाउनुभयो ‘‘दुई भैँसी पालेर घाँस खेती समेत गरेकी छु’’, नेहाभन्नुहुन्छ, ‘‘ दुई भैँसीको साँझ बिहानको दैनिक १२ लिटर दूध बिक्री हुन्छ मेरो घर राम्रै चलेको ’’

फोटो फाईल

उहाँ मेहनत परिश्रम गरे सफलता सन्तुष्ति प्राप्त हुने बताउनुहुन्छ ‘‘घर खर्च चलाउन मात्र नभई आम्दानीका लागि भैँसीपालनराम्रो लाग्यो’’, नेहाले भन्नुभयो, ‘‘भैँसीले दूध दिन छोडेमा टीकापुरमै रहेको हाटबजारमा लगेर बेच्छु, अनि दुहुनो भैँसी किन्छु, सन्तुष्ट छु’’

भैँसीपालन टीकापुर लगायतका क्षेत्रका गृहणी महिलाका लागि आम्दानीको गतिलो माध्यम भएको घरमा बसेरव्यावसायिकरुपमा भैंँसीपालन गर्न थालेपछि यस क्षेत्रका महिलाले मनग्य आम्दानी गरिरहेका छन् टीकापुर नगरपालिका वडा नं. की तारा सुनारले पनि मासिक रु. १२ हजारसम्म आम्दानी लिइरहनु भएको ‘‘ दूध  बेचेको आम्दानीले घर राम्रै चलेको ’’, सुनारभन्नुहुन्छ, ‘‘ पनि ब्यस्त हुन्छु, काम पाइन भन्ने तनाव पनि छैन ’’

बजारमा दुधको माग बढिरहेको बजारमा सहजै रुपमा डेरी, होटलले दूध खरिद गर्ने गरेका कारण महिलाहरु यसतर्फ आकर्षितभएका हुन् महिलाले दूध बिक्री गरेर घर खर्च चलाएर बाँकी रकम बचत समेत गर्दै आएका छन् वडा नं. कै चन्द्रा ओडको पनिमासिक आम्दानी रु. १२ देखि १५ हजारसम्म हुन्छ ‘‘आम्दानीको केही अंश घरखर्चमा मासिन्छ’’, ओडले भन्नुभयो, ‘‘ समूह सहकारीमा मासिक बचत गरिरहेकी छु ’’

स्थानीय दुग्ध उत्पादक सहकारी संस्था, कृषि विकास बैँक तथा अन्य लघुवित्त बैँकवाट भैँसी खरिदको लागि स्थानीय किसानलाईऋण उपलब्ध भएपछि गृहिणी महिलालाई भँैसीपालन गर्न सहज भएको हो देउराली भञ्च्याङ कृषि सहकारीका प्रवन्धक आशाचौधरी सहकारीले अहिलेसम्म १६ महिलालाई अनुदान सहितको ऋण भैँसीपालनका लागि दिएको बताउनुभयो

‘‘रु. ४२ हजार ब्याजमा ऋण दिन्छौँ त्यो एक वर्षमा फिर्ता गर्नुपर्छ’’, प्रवन्धक चौधरीले भन्नुभयो, ‘‘भैँसी किनिसकेपछि गोठनिर्माणका लागि १८ हजार अनुदान दिन्छौँ समुदायमा विपन्न नागरिकलाई समूहमार्फत् पनि लगानी छौँ ’’ पहिले आम्दानी नभएरफुर्सदिला रहेका महिला भैँसीपालन गरेर मासिक रु. १० देखि १५ हजारसम्म आम्दानी गरिरहेका चौधरीले बताउनुभयो

टीकापुर नगरपालिकाले पनि यसरी व्यावसायिक रुपमा भैँसी तथा बङ्गुरपालन गर्न चाहनेलाई यसवर्ष पाडापाडी बङ्गुरका पाठाहुर्काउने कार्यक्रम राखेको किसानका मागअनुसार यसवर्ष ७५ प्रतिशत अनुदानमा भैँसीका पाडा बंङ्गुरका पाठा खरिद गरेर दिनेपशु शाखा प्रमुख श्यामराज पाण्डेले जानकारी दिनुभयो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago