बाँझो जग्गामा मिश्रित खेती

गलेश्वर,हिमाली जिल्ला म्याग्दीमा पछिल्लो समय मिश्रित खेती प्रणाली फस्टाउँदै गएको एउटै जग्गामा एक भन्दा बढी बाली(खाद्यान्न,फलफूल तरकारी) लगाएपछि साविकको भन्दा धेरै आम्दानी हुने भएकोले किसानहरु मिश्रित खेतीतर्फ आकर्षित भएका हुन्

बेनी नगरपालिका वडा नं बगरफाँटका दुर्गाबहादुर थापाले काठमाण्डौंबाट फर्केर गत चैतमा शुरु गरेको केरा खेतीसंगै डाले घाँस कोदोखेती अहिले निकै राम्रो भएको त्यसैगरी बेनी नगरपालिका खबराका कृषक चन्द्रबहादुर कार्कीले आफ्नो १८ रोपनी जग्गामामिश्रित मौसमी तथा बेमौसमी तरकारी खेती गरेर लाखौं रुपैयाँ आम्दानी गर्दै आउनुभएको कार्की जिल्लामा मिश्रित खेती प्रणालीकाअगुवा कृषकसमेत हुनुहुन्छ

फोटो फाईल

कार्कीको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायत तरकारी केरा, सुन्तला, कागती, अम्बालगायतका फलफूल लहलह झुलिरहेका लटरम्म फलिरहेका देखिन्छन् गोठमा भैँसी, बाख्रा, घर वरपर राखेकामौरीका घारमा रहेका मौरी माछापालनबाट पनि कार्कीले मनग्गे आम्दानी गर्दै आएका हुन् मैले १८ वर्षको उमेरदेखि तरकारी खेतीशुरु गरेको हुँ”, ५४ वर्षिय कार्कीले विगत कोट्याउँदै भन्नुभयो, “त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै प्रस्तावआएका थिए, तर मैले जागिर पनि नखाने विदेश पनि नजाने अड्डी लिएर कृषि पेशा शुरु गरेँ, अहिले त्यतिबेला मैले सही निर्णय गरेकोरहेछु भन्ने लाग्छ तीन दशक अघि हजार रुपैँया लगानीबाट शुरु गरेको व्यावसायिक तरकारी खेतीले कार्कीलाई अहिले निकै लाभभएको तरकारी बिक्रीबाट आएको आम्दानीले कार्कीले बेनी बजारको मंगलाघाटमा घडेरी किनेर घर बनाइसक्नु भएको

माटोसँग खेल्दा माटोमा पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ”, कार्कीले भन्नुभयोयही माटोमा गरेको परिश्रमले मलाईयहाँसम्म ल्याइपुर्यायो यिनै पसिना विदेशी भूमिमा खर्च गरेको भए मैले यत्तिको कमाउन सक्थेँ, मलाई आत्मसन्तुष्टि नै हुन्थ्यो,” कार्कीको भनाइ कार्कीकै देखेर पछिल्लो समय म्याग्दीमा मिश्रित खेती पद्धती अपनाउने कृषकहरुको संख्या बढेको कार्कीभन्नुहुन्छ, “मिश्रित खेती गर्दा एकल खेती भन्दा तीनगुणा बढी आम्दानी लिन सकिन्छ

कृषि प्राविधिकहरुका अनुसार मिश्रित खेतीप्रणाली नेपालमा परापूर्वकालदेखि चल्दै आएको हो साधारणतया मिश्रित खेती गर्दाविभिन्न बालीहरू जस्तैः मकै, बोडी फर्सी लगाउने गरिन्छ एउटै बालीभित्र पनि विभिन्न जातहरू जस्तैः गहुँका जातहरू मिसाएरलगाउने परमपरागत चलन मुख्यतया एकभन्दा बढी बाली वा जातहरू मिसाएर लगाउने प्रणालीलाई मिश्रित खेतीप्रणाली भनिन्छ

खबराकै अर्का कृषक शोभित सापकोटाले पनि मिश्रित बालीबाट मनग्गे आम्दानी गर्नुभएको उहाँले एकै ठाउँमा केरा, साग, उखु खुर्सानी खेती गरेर एकल बालीको तुलनामा तेब्बर आम्दानी हुने गरेको बताउनुभयो  मंगला गाउँपालिकाका कृषि प्राविधिक जगतबानियाँ पछिल्लो समय म्याग्दीमा मिश्रित खेती प्रणाली मौलाउँदै गएको यसबाट कृषकहरुले राम्रो आम्दानी गर्न सफल भएकोबताउनुहुन्छ जिल्लाका बेनी नगरपालिका सहित वटै स्थानीय तहका दुई सयभन्दा बढि कृषकहरुले मिश्रित खेती गर्दै आएकास्थानीय तहका कृषि शाखाले जनाएका छन्

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago