फाईल फोटो
एजेन्सी । क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउसँगै बोर्डका सम्पूर्ण सदस्यले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
पछिल्लो समय समर्थकहरुबाट अत्यधिक दबाब आएपछि बार्टोमेउले राजिनामा दिएका हुन् । सन् २०१४ मा अध्यक्ष भएका उनको लिओनेल मेस्सीसँग सम्बन्ध चिसिएपछि यो निर्णयमा पुगेका हुन् । यद्यपि बढ्दो दबाबका बीच उनीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढ्ने सम्भावना समेत थियो ।
मार्च महिनामा कार्यकाल सकिने भएपनि उनले ५ महिना अगावै राजिनामा दिएका हुन् । क्लबका २० हजार बढी सदस्यले उनलाई पदमुक्त गर्न हस्ताक्षर संकलन गरेका थिए । बार्सिलोनाको आर्थिक अवस्थामा ह्रास र मैदानभित्र पनि खस्कँदो प्रदर्शनका कारण बार्टोमेउ आलोचित हुँदै आएका थिए ।
केहि महिनाअघि मात्र सुपरस्टार लिओनेल मेस्सीले अध्यक्षकै कारण क्लब छोड्ने घोषणा गरेपछि उनीमाथि दबाब थपिएको थियो । मेस्सीको सम्झौतामा अंकित रिलिज क्लजको विषयमा क्लबले एकतर्फी भनाइ राखेपछि मेस्सीले क्लबविरुद्ध अदालत नजाने निर्णय गरेका थिए । उनले अन्तिम एक वर्ष क्लबमा नै रहेर सुखद बिदाइ लिने घोषणा गरेका हुन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…