अध्यक्ष बार्टोमेउसहित बार्सिलोना बोर्डको राजिनामा ।

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउसँगै बोर्डका सम्पूर्ण सदस्यले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

फाईल फोटो

पछिल्लो समय समर्थकहरुबाट अत्यधिक दबाब आएपछि बार्टोमेउले राजिनामा दिएका हुन् । सन् २०१४ मा अध्यक्ष भएका उनको लिओनेल मेस्सीसँग सम्बन्ध चिसिएपछि यो निर्णयमा पुगेका हुन् । यद्यपि बढ्दो दबाबका बीच उनीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढ्ने सम्भावना समेत थियो ।

मार्च महिनामा कार्यकाल सकिने भएपनि उनले ५ महिना अगावै राजिनामा दिएका हुन् । क्लबका २० हजार बढी सदस्यले उनलाई पदमुक्त गर्न हस्ताक्षर संकलन गरेका थिए । बार्सिलोनाको आर्थिक अवस्थामा ह्रास र मैदानभित्र पनि खस्कँदो प्रदर्शनका कारण बार्टोमेउ आलोचित हुँदै आएका थिए ।

केहि महिनाअघि मात्र सुपरस्टार लिओनेल मेस्सीले अध्यक्षकै कारण क्लब छोड्ने घोषणा गरेपछि उनीमाथि दबाब थपिएको थियो । मेस्सीको सम्झौतामा अंकित रिलिज क्लजको विषयमा क्लबले एकतर्फी भनाइ राखेपछि मेस्सीले क्लबविरुद्ध अदालत नजाने निर्णय गरेका थिए । उनले अन्तिम एक वर्ष क्लबमा नै रहेर सुखद बिदाइ लिने घोषणा गरेका हुन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago