अमेरिकामा टिकटक डाउनलाेडमा लागेकाे प्रतिबन्ध अदालतले राेक्याे

टिकटक एप्लिकेशन डाउनलोडमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्ध तत्कालका लागि अदालतले रोकेको छ।

ट्रम्पले एप्पलको एप स्टोर तथा एन्ड्रोइडको गुगल प्ले स्टोरबाट टिकटक एप्लिकेशन डाउनलोडमा प्रतिबन्ध लगाएका थिए । तर पहिले नै डाउनलोड गरेर प्रयोग गरिरहेका प्रयोगकर्ताले भने टिकटिक चलाउन पाइरहेका छन् ।तर एप्लिकेशन डिलिट गरेमा पुनः डाउनलोड गर्न वा अपडेट गर्न पाएका थिएनन् । कोलम्बिया जिल्लाको अदालतमा प्रतिबन्धविरुद्ध परेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश कार्ल निकोल्सले तत्कालका लागि प्रतिबन्धमा रोक लगाउने फैसला गरेका हुन् ।

टिकटकले राष्ट्रपतिबाट लगाइएको प्रतिबन्धले अमेरिकी संविधानको पहिलो र पाँचौँ संशोधनको उल्लंघन गरेको भन्दै मुद्दा दायर गरेको थियो ।सरकारी वकिलले भने एप्लिकेशनका मालिक चिनियाँ कम्युनिष्ट पार्टीको माउथपिस रहेको भन्दै वकालत गरेका थिए । राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुन सक्ने भन्दै ट्रम्पले टिकटकको डाउनलोडमा प्रतिबन्ध लगाएका थिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago