बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग ।

थम्मन थापा बागलुङ असाेज १२ भदौ १७ गते राती भारी वर्षा पछि भुजिखोलामा आएको भिषण बाढीले ढोरपाटन नगरपालिका स्थित वडा नं ७, ८ र ९ मा अकल्पनीय क्षति पुगेको छ । बाढीमा परी धेरैले ज्यान गुमाएका छन् भने कैयौं मानिस अङ्गभङ्ग भएका छन् । धेरैको घरबास छैन जगा जमीन पनि छिन भरमै बगर भएको छ । अहिले ढोरपाटनको बाढी पीडितहरुका लागि राहत रकम तथा सामाग्री सहयोग जुट्ने क्रम जारी छ । बाढी प्रभावित नागरिकहरुलाई एन पि ओ गलकोट समाज जापानले नगद रु २७ लाख ८० हजार ४ सय ७८ राहत सहयोग हस्तान्तरण गरेको छ ।
गलकोटबाट रोजगारी र अध्ययनको सिलसिलामा जापानमा रहेका गलकोटबासीहरुको साझा संस्था गलकोट समाज जापानले उक्त रकम बाढी प्रभावितलाई सहयोग गरेको समाजका अध्यक्ष दिलु खत्रीले जानकारी दिए । समाजले जापानमा संकलन गरेको उक्त रकम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे मार्फत ढोरपाटन नगरपालिकाको दैवी प्रकोप राहत कोषमा उपलब्ध गराएको अध्यक्ष खत्रीले बताए । गलकोट समाज जापानको आग्रह अनुसार आज ढोरपाटनमा राहात रकमको भौचर हस्तान्तरण गर्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले प्रवासमा रहेका गलकोटबासीले दुःख गरि कमाएको कमाईको केहि अंश बाढि प्रभावितलाई दुःखमा मलम लगाउन सहयोग गरेको भन्दै उक्त राहतको सहि सदुपयोग गर्न आग्रह गरे । सो अबसरमा बोल्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देब कुमार नेपालीले प्रवासबाट उपलब्ध भएको रकमले बाढी तथा पहिरो प्रभावितहरुका लागि ५ लाख रुपैयामा प्रति घर हुने गरि ६ ओटा घर गलकोट समाज जापानको नाममा निर्माण गरिने घोषणा गरे । उनले गलकोट समाज जापान प्रति आभार ब्यक्त गर्दै गलकोट समाजको आग्रह अनुसार आवास निर्माण तत्कालै संचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले गलकोट नगरपालिकाबाट विभिन्न संघ संस्था तथा व्यक्तीहरुबाट गरी हाल सम्म ३७ लाख २८ हजार २ सय ६८ रुपैयाँ उपलब्ध गराएको बताउदै सहयोगी मनहरुलाई धन्यबाद ज्ञापन गरेका छन् । गलकोट समाज जापानले अहिले सम्म सबैभन्दा बढि रकम बाढी प्रभावितलाई राहत सहयोग प्रदान गरेको समेत उनले उल्लेख गरे । गत भाद्र १७ गते गएको बाढि पहिरोमा परि गलकोटका १ सहित २२ जनाको ज्यान गएको र १५ जना अझै वेपत्ता रहेको अवस्थालाई मध्यनजर गरि तत्काल राहात संकलन अभियान सञ्चालन गरेको गलकोट समाज जापानका महासचिव कृष्ण केसीले जानकारी दिए । राहात रकम संकलनमा गलकोटबाट जापानमा रहेका प्रवासी ६ सय जना भन्दा बढि व्यक्तिको सहभागिता रहेको केसीले बताए । कार्यक्रममा ढोरपाटन नगरपालिकाले एक मुष्ट राहात संकलन तथा बितरण गरिरहँदा गत भदौ १७ गते ढोरपाटन नगरपालिकाको बाढिमा परि ज्यान गुमाएका गलकोट नगरपालिका वडा नं ४ का नविन भण्डारीको परिवारलाई समेत नभुल्न नगरपालिकालाई सुझाएका थिए । सामाजिक संस्था गलकोट सामाज जापानले स्थापनाकाल देखिनै जापानमा मात्र नभएर गलकोट र नेपालमा हुने सामाजिक क्रियाकलाप, प्राकृतिक विपति, परोपकारी सेवा लगायतका कार्यमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएको छ । समाजले विभिन्न समयमा सामाजिक उत्तरदायित्व सहितका कार्यहरू गर्दै आइरहेको छ ।
Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago