बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग ।

थम्मन थापा बागलुङ असाेज १२ भदौ १७ गते राती भारी वर्षा पछि भुजिखोलामा आएको भिषण बाढीले ढोरपाटन नगरपालिका स्थित वडा नं ७, ८ र ९ मा अकल्पनीय क्षति पुगेको छ । बाढीमा परी धेरैले ज्यान गुमाएका छन् भने कैयौं मानिस अङ्गभङ्ग भएका छन् । धेरैको घरबास छैन जगा जमीन पनि छिन भरमै बगर भएको छ । अहिले ढोरपाटनको बाढी पीडितहरुका लागि राहत रकम तथा सामाग्री सहयोग जुट्ने क्रम जारी छ । बाढी प्रभावित नागरिकहरुलाई एन पि ओ गलकोट समाज जापानले नगद रु २७ लाख ८० हजार ४ सय ७८ राहत सहयोग हस्तान्तरण गरेको छ ।
गलकोटबाट रोजगारी र अध्ययनको सिलसिलामा जापानमा रहेका गलकोटबासीहरुको साझा संस्था गलकोट समाज जापानले उक्त रकम बाढी प्रभावितलाई सहयोग गरेको समाजका अध्यक्ष दिलु खत्रीले जानकारी दिए । समाजले जापानमा संकलन गरेको उक्त रकम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे मार्फत ढोरपाटन नगरपालिकाको दैवी प्रकोप राहत कोषमा उपलब्ध गराएको अध्यक्ष खत्रीले बताए । गलकोट समाज जापानको आग्रह अनुसार आज ढोरपाटनमा राहात रकमको भौचर हस्तान्तरण गर्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले प्रवासमा रहेका गलकोटबासीले दुःख गरि कमाएको कमाईको केहि अंश बाढि प्रभावितलाई दुःखमा मलम लगाउन सहयोग गरेको भन्दै उक्त राहतको सहि सदुपयोग गर्न आग्रह गरे । सो अबसरमा बोल्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देब कुमार नेपालीले प्रवासबाट उपलब्ध भएको रकमले बाढी तथा पहिरो प्रभावितहरुका लागि ५ लाख रुपैयामा प्रति घर हुने गरि ६ ओटा घर गलकोट समाज जापानको नाममा निर्माण गरिने घोषणा गरे । उनले गलकोट समाज जापान प्रति आभार ब्यक्त गर्दै गलकोट समाजको आग्रह अनुसार आवास निर्माण तत्कालै संचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले गलकोट नगरपालिकाबाट विभिन्न संघ संस्था तथा व्यक्तीहरुबाट गरी हाल सम्म ३७ लाख २८ हजार २ सय ६८ रुपैयाँ उपलब्ध गराएको बताउदै सहयोगी मनहरुलाई धन्यबाद ज्ञापन गरेका छन् । गलकोट समाज जापानले अहिले सम्म सबैभन्दा बढि रकम बाढी प्रभावितलाई राहत सहयोग प्रदान गरेको समेत उनले उल्लेख गरे । गत भाद्र १७ गते गएको बाढि पहिरोमा परि गलकोटका १ सहित २२ जनाको ज्यान गएको र १५ जना अझै वेपत्ता रहेको अवस्थालाई मध्यनजर गरि तत्काल राहात संकलन अभियान सञ्चालन गरेको गलकोट समाज जापानका महासचिव कृष्ण केसीले जानकारी दिए । राहात रकम संकलनमा गलकोटबाट जापानमा रहेका प्रवासी ६ सय जना भन्दा बढि व्यक्तिको सहभागिता रहेको केसीले बताए । कार्यक्रममा ढोरपाटन नगरपालिकाले एक मुष्ट राहात संकलन तथा बितरण गरिरहँदा गत भदौ १७ गते ढोरपाटन नगरपालिकाको बाढिमा परि ज्यान गुमाएका गलकोट नगरपालिका वडा नं ४ का नविन भण्डारीको परिवारलाई समेत नभुल्न नगरपालिकालाई सुझाएका थिए । सामाजिक संस्था गलकोट सामाज जापानले स्थापनाकाल देखिनै जापानमा मात्र नभएर गलकोट र नेपालमा हुने सामाजिक क्रियाकलाप, प्राकृतिक विपति, परोपकारी सेवा लगायतका कार्यमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएको छ । समाजले विभिन्न समयमा सामाजिक उत्तरदायित्व सहितका कार्यहरू गर्दै आइरहेको छ ।
Bishawas Acharya

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago