मोरङकी सज्जा चाैलागाइँ बनिन् नेपाल आइडल सिजन-३ की विजेता

काठमाडाैं : नेपाल आइडल तेस्रो सिजनको उपाधि मोरङकी सज्जा चौलागाईंले जितेकी छन्। शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन् ।

अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा घोषणा गरेका हुन्।

यस्तै बर्दियाका प्रविन बेडुवाल फस्ट रनरअप बनेका छन् भने किरणकुमार भुजेल सेकेन्ड रनरअप भएका छन्।

विजेता भएसँगै सज्जाले नगद ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् भने फस्ट रनरअप प्रविनले १० लाख र सेकेन्ड रनरअप किरण भुजेलले पाँच लाख नगद प्राप्त गरेका छन्।

आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको थियो।

किरण कुमार भुजेल भने तेस्रो स्थानमा सीमित रहे। सुरुवाती दिनदेखि नै उत्कृष्ट प्रस्तुति दिँदै आएकी सज्जा यस सिजनको विजेता बन्न सक्ने धेरैको अनुमान थियो।

यसअघि नेपाल आइडल सिजन-१का विजेता बुद्ध लामा र आइडल सिजन-२का विजेता रवि ओड भएका थिए।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago