चितवनमा एक साता निषेधाज्ञा थपियो

जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको समय पुनः एक साता थप गरेको छ । यसअघि दोस्रो पटक जारी गरेको निषेधाज्ञाको समय आज राती १२ बजे सकिदैछ । पहिलो पटक भरतपुर महानगर क्षेत्रमा साउन ३० गते रातिबाट निषेधाज्ञा जारी गरिएको थियो । पहिलो चरणमा भरतपुर महानगर क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकोमा साउन ३२ गते माडी वाहेक जिल्लााका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको थियो ।

भदौ ५ गते देखि भने जिल्लाका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको छ । पछिल्ला दिनमा कोरोनाको सङ्क्रमण वढ्दै गएपछि भदौ १९ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञामा आधा कर्मचारीले सरकारी कार्यालयको आन्तरिक काम र बिहान १० वजेबाट १ बजेसम्म बैंक तथा वित्तीय संस्था संञ्चालन गर्ने गरी निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

भरतपुर महानगरसँगै रत्ननगर, कालिका, खैरहनी, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago