पाल्पा । तानसेन नगरपालिका ८ की कोरोना संक्रमित ३० बर्षिय महिलाको उपचारको क्रममा साँझ मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजको आइसोलेशनमा कक्षमा उपचारत महिलालाई भदौं ७ गते कोरना संक्रमण पुष्टि भएको थियो । आइसोलेशनमा उपचार भइरहेको अवस्थामा स्वाबप्रस्वासको समस्या देखिएपछि भेन्टिलेटरमा सारिएको तर शुक्रबार बेलुका मृत्यु भएको लुम्बिनी मेडिकल कलेज पाल्पाका अस्पताल निर्देशक डा. राजु शाक्यले बताउनु भयो ।
मुटु सम्बन्धि बिरामी रहेको उनलाई थप समस्या देखिएपछि भदौं ५ गते अस्पताल भर्ना भएकी थिइन् । उच्च ज्वरो र कोरोनाको लक्षण देखिए पछि स्वाब संकलन गरेर परीक्षण गर्ने क्रममा कोरोना पोजेटिभ देखिएको हो । उनी समुदाय स्तरमै रहेर उपचारका अस्पताल आएकी महिलामा कोरोना संक्रमण कसरी हुन पुग्यो भन्ने त्यस्तो तथ्य फेला परेको छैन । उनको १८ महिनाको बच्चा र श्रीमान्को परिक्षणका नेगेटिभ देखिएको थियो । यस अगाडी पूर्वखोला घर भई भरातबाट फर्किएका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । पाल्पामा ५ सय ७३ जना कोरोना संक्रमित भएकोमा ५ सय ६१ जना निको भइ घर फकिएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…