सरकारले दुर्गममा उडान गर्ने वायुसेवा संस्थालाई इन्धनमा छुट तथा अनुदान दिने ।

काठमाडौं । सरकारले सडक यातायात नपुगको र दुर्गम विमानस्थलमा उडान गर्ने वायुसेवा संस्थालाई छुटको अफर तथा अनुदान दिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई नीति २०७७ को मस्यौदा तयार पार्दै यस्तो नीति लिएको हो।

नीतिमा सडक यातायात नपुगेको र दुर्गम विमानस्थलमा उडान गर्ने वायुसेवा संस्थालाई उडान संख्याको आधारमा हवाई इन्धनको शूल्कमा छुट दिने उल्लेख छ। यसैगरी, नीतिमा अन्य शूल्कमा छुट दिने वा प्रतिव्यक्ति थप रकम अनुदान दिने व्यवस्था समावेश गरिएको छ ।  

यसैगरी नीतिमा दूर्गम क्षेत्रमा नियमित उडान गर्न तोकिएका वायुसेवाले नियमित उडान नगरे उडान निलम्बन गर्ने वा इजाजत खारेज गर्नेसम्मको व्यवस्था मिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उल्लेख छ।

मन्त्रालयले तयार पारेको हवाई नीति २०७७ को मस्यौदा पहाडी भेगमा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण तथा क्षेत्रीय एवं आर्थिक सन्तुलनमा टेवा पुर्‍याउन सहयोगी हुने विमानस्थलको स्तरवृद्धि तथा सुदृढीकरण गर्ने उल्लेख छ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago