सरकारले दुर्गममा उडान गर्ने वायुसेवा संस्थालाई इन्धनमा छुट तथा अनुदान दिने ।

काठमाडौं । सरकारले सडक यातायात नपुगको र दुर्गम विमानस्थलमा उडान गर्ने वायुसेवा संस्थालाई छुटको अफर तथा अनुदान दिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई नीति २०७७ को मस्यौदा तयार पार्दै यस्तो नीति लिएको हो।

नीतिमा सडक यातायात नपुगेको र दुर्गम विमानस्थलमा उडान गर्ने वायुसेवा संस्थालाई उडान संख्याको आधारमा हवाई इन्धनको शूल्कमा छुट दिने उल्लेख छ। यसैगरी, नीतिमा अन्य शूल्कमा छुट दिने वा प्रतिव्यक्ति थप रकम अनुदान दिने व्यवस्था समावेश गरिएको छ ।  

यसैगरी नीतिमा दूर्गम क्षेत्रमा नियमित उडान गर्न तोकिएका वायुसेवाले नियमित उडान नगरे उडान निलम्बन गर्ने वा इजाजत खारेज गर्नेसम्मको व्यवस्था मिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उल्लेख छ।

मन्त्रालयले तयार पारेको हवाई नीति २०७७ को मस्यौदा पहाडी भेगमा पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण तथा क्षेत्रीय एवं आर्थिक सन्तुलनमा टेवा पुर्‍याउन सहयोगी हुने विमानस्थलको स्तरवृद्धि तथा सुदृढीकरण गर्ने उल्लेख छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago