काठमाडौं । रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले रानीपोखरीको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ।
रानीपोखरी पुनर्निर्माणबारे जानकारी लिन र अनुगमन गर्न आज रानीपोखरी परिसर पुगेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई समितिले यस्तो जानकारी दिएको हो। ‘रानीपोखरी पुनर्निर्माणको काम सत प्रतिशत र मन्दिर तथा सौन्दर्यीकरणको काम ८५ प्रतिशत सम्पन्न भएको छ,’ समितिका अध्यक्ष अजय स्थापितले भने, ‘लकडाउनको अवधिमा पनि हामीले पुनर्निर्माणको कामलाई निरन्तरता दिएका छौं। सकेसम्म छिटो सम्पन्न गर्ने तयारीमा जुटेका छौं।’
स्थापितले सबैको एकमुष्ठ सहयोगकै कारण रानीपोखरी पुननिर्माण सम्पन्न हुने अवस्थासम्म आएको बताउँदै अब हामी कोभिडको समस्या हट्ने वित्तिकै उद्घाटन गर्ने तयारीमा रहेको जनाए।
राज्यमन्त्री मानन्धरले रानीपोखरी कोभिड–१९ को महामारीका बीचमा पनि पुनर्निर्माण जारी राखेर सम्पन्न हुने चरणमा पुग्नु गौरवको कुरा भएको बताए। ‘यो ऐतिहासिक मात्रै होइन, साँस्कृतिक, पुरातात्विक र ऐतिहासिक प्रेम काहानीसँग पनि जोडिएको पोखरी हो,’ उनले भने। उनले २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरी काठमाडौँ महानगरपालिका र सबैको पहलमा पुनर्निर्माण सम्पन्न हुनु गौरवको कुरा भएको बताए।
काठमाडौंका मेयर शाक्यले विज्ञ समूहको सुझावअनुसार प्रताप मल्लकालिन स्वरुप, शैली र निर्माण सामाग्रीको प्रयोग गरेर काम भइरहेको बताए। ‘कामलाई विवाद रहित ढंगबाट सम्पन्न गर्न हामीले उपभोक्ता समिति बनाएर काम अघि बढाएका थियौं,’ उनले भने, ‘उपभोक्ता समितिले सानातिना समस्यालाई सुल्झाउँदै अहिलेको अवस्थासम्म ल्याएको छ।’
रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका सचिव रोशन तुलाधरले काठमाडौंको मौलिकतालाई पुनर्जीवन दिने काम भैरहेको बताए। ‘३ सय ६० वर्ष अघिको स्वरुपलाई जस्ताको त्यस्तै दिन त सम्भव नहोला तर मौलिकतालाई जोगाउँदै स्वरुप नमर्ने गरी हामीले पुनर्निमाण गरेका छौँ,’ उनले भने, ‘८ महिनामा काम सम्पन्न गर्ने तयारीका साथ आएका थियौं। ०७६ सालको तिहारमा सम्पन्न गर्ने हाम्रो तयारी थियो। मौलिकतालाई केलाई–केलाई काम गर्नुपर्ने भएकाले धेरै समय लाग्यो।’
तुलाधरले पोखरीमा पानी भर्न विभिन्न विकल्प अघि सारेको पनि बताए। उनका अनुसार प्राकृतिक स्रोतबाट पोखरी भर्ने तयारी छ। त्यसले नपुगे बाहिरी स्रोतबाट राख्ने योजना रहेको छ। ‘त्यसका लागि रानीपोखरी वरिपरी वर्षामा बग्ने पानीलाई शुद्धीकरण गरेर पोखरीमा राख्ने र मेलम्चीको पानी राख्ने वा डिप बोरिङ गरेर पानी भर्ने विकल्प बारे पनि हामीले सोचेका छौँ,’ उनले भने।
तुलाधरका अनुसार पोखरी पुनर्निर्माणका लागि मात्रै ९ करोड ५४ लाख र मन्दिर र सौन्दर्यकरणका लागि करीब १५ करोड गरी करीब २५ करोडको लागतमा पुनर्निर्माण भैरहेको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…