पाल्पामा भदौ १९ गते राति १२ बजे सम्म निषेधाज्ञा थप ।

सन्ताेष गहतराज , पाल्पा ।  पाल्पामा पछिल्लो समयमा काेराेना भाइरस काेबिड १९ काे समुदाय स्तरमा फैलिए सँगै काेराेनाकाे संक्रमण थप फैलिन नदिन  प्रमुख जिल्ला अधिकारीबाट जारी भएको निषेधाज्ञा थप भदौ १९ गते राति १२ बजे सम्म लम्बाइएकाे छ ।


पहिलो पटक पाल्पामा भदौ ५ गते राति १२ बजे देखि भदौ १२ गते राति १२ बजे सम्म प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरिएको थियाे र अहिले पनि काेराेनाकाे जाेखिम यथावत रहेकाेले १९ गते राति १२ बजे सम्म निषेधाज्ञा लम्बाईएकाे हाे ।

मिति २०७७/०५/०४ गते प्रमुख जिल्ला अधिकारीबाट पाल्पा जिल्लाभरि लागू हुनेगरी जारी गरिएको आदेशको अवधि आज मिति २०७७/०५/१२ गते राति १२:०० बजेदेखि २०७७/०५/१९ गते राति १२:०० बजेसम्मका लागि देहायबमोजिम संशोधितरुपमा व्यवस्थित गर्नेगरी थप गरिएको छ । आदेशको उल्लंघन प्रचलित कानून बमोजिम सजायको विषय हुनेछ ।

निषेधाज्ञामा ध्यान दिनु पर्ने कुराहरु :- 

#सवारी साधन

• सार्वजनिक तथा निजी सवारी साधन बाहेक एम्बुलेन्स, शववाहन, खाद्य सामग्री, औषधी, दाना, पानी, दूध, फलफूल, ग्याँस, पेट्रोलियम पदार्थ बोकेको सवारी साधन तथा झण्डावाहक र कुटनीतिक नियोगका सवारी साधन सुचारु रहनेछन् । 

#सेवा प्रवाह

• स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, ATM Counter, हुलाक बाहेक सबै सरकारी, सार्वजनिक, बैँक तथा वित्तीय संस्थाका सेवाहरु बन्द रहनेछन् ।

• होटेल तथा रेष्टुरेण्ट, व्युटी पार्लर, शैलुन, जीमखाना, बन्द रहने तर खाद्यान्न, फलफूल, तरकारी, दूध, डेरी र अन्य पसलहरु विहान ७:०० बजेदेखि ११:०० बजेसम्म खुला रहनेछन् ।

#अन्य व्यवस्था

• एम्बुलेन्समा चालकवाहेक बिरामी र एकजना कुरुवा तथा अन्य माथि उल्लिखित सामग्री ढुवानी गर्ने साधनमा चालक र सहचालकमात्र रहने र यस्ता सवारी साधनहरु गन्तव्यमा पुगेर मात्र रोकिने व्यवस्था गर्नु पर्नेछ ।

• अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कदा अनिवार्यरुपमा मास्कको प्रयोग र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नु पर्नेछ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago