पाल्पामा भदौ १९ गते राति १२ बजे सम्म निषेधाज्ञा थप ।

सन्ताेष गहतराज , पाल्पा ।  पाल्पामा पछिल्लो समयमा काेराेना भाइरस काेबिड १९ काे समुदाय स्तरमा फैलिए सँगै काेराेनाकाे संक्रमण थप फैलिन नदिन  प्रमुख जिल्ला अधिकारीबाट जारी भएको निषेधाज्ञा थप भदौ १९ गते राति १२ बजे सम्म लम्बाइएकाे छ ।


पहिलो पटक पाल्पामा भदौ ५ गते राति १२ बजे देखि भदौ १२ गते राति १२ बजे सम्म प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरिएको थियाे र अहिले पनि काेराेनाकाे जाेखिम यथावत रहेकाेले १९ गते राति १२ बजे सम्म निषेधाज्ञा लम्बाईएकाे हाे ।

मिति २०७७/०५/०४ गते प्रमुख जिल्ला अधिकारीबाट पाल्पा जिल्लाभरि लागू हुनेगरी जारी गरिएको आदेशको अवधि आज मिति २०७७/०५/१२ गते राति १२:०० बजेदेखि २०७७/०५/१९ गते राति १२:०० बजेसम्मका लागि देहायबमोजिम संशोधितरुपमा व्यवस्थित गर्नेगरी थप गरिएको छ । आदेशको उल्लंघन प्रचलित कानून बमोजिम सजायको विषय हुनेछ ।

निषेधाज्ञामा ध्यान दिनु पर्ने कुराहरु :- 

#सवारी साधन

• सार्वजनिक तथा निजी सवारी साधन बाहेक एम्बुलेन्स, शववाहन, खाद्य सामग्री, औषधी, दाना, पानी, दूध, फलफूल, ग्याँस, पेट्रोलियम पदार्थ बोकेको सवारी साधन तथा झण्डावाहक र कुटनीतिक नियोगका सवारी साधन सुचारु रहनेछन् । 

#सेवा प्रवाह

• स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, ATM Counter, हुलाक बाहेक सबै सरकारी, सार्वजनिक, बैँक तथा वित्तीय संस्थाका सेवाहरु बन्द रहनेछन् ।

• होटेल तथा रेष्टुरेण्ट, व्युटी पार्लर, शैलुन, जीमखाना, बन्द रहने तर खाद्यान्न, फलफूल, तरकारी, दूध, डेरी र अन्य पसलहरु विहान ७:०० बजेदेखि ११:०० बजेसम्म खुला रहनेछन् ।

#अन्य व्यवस्था

• एम्बुलेन्समा चालकवाहेक बिरामी र एकजना कुरुवा तथा अन्य माथि उल्लिखित सामग्री ढुवानी गर्ने साधनमा चालक र सहचालकमात्र रहने र यस्ता सवारी साधनहरु गन्तव्यमा पुगेर मात्र रोकिने व्यवस्था गर्नु पर्नेछ ।

• अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कदा अनिवार्यरुपमा मास्कको प्रयोग र स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नु पर्नेछ ।

Bishawas Acharya

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago