पाल्पामा खिर खादा २९ जना बिरामी

पाल्पामा खिर खाँदा २९ जना बिरामी भएका छन् । रामपुर नगरपालिका ७ का ओम बहादुर सुनारको निधन भएको १३ औं दिनको पुन्य तिथिमा आइतबार खिर खाएका आफन्त सहित मोहटी र कठान गाउँका २९ जना विरामी भएको रामपुर अस्पतालले जनाएको छ ।

आइतबारको भोजमा खिर खाएकाहरुमा सोमबार देखि समस्या देखिएपनि उनीहरु मंगलबार मात्रै अस्पताल आएका हुन् । रामपुर अस्पतालका सूचना अधिकारी रामप्रसाद कोइरालाका अनुसार मंगलबार रामपुर अस्पताल आएका २९ मध्ये १३ जनालाई थप उपचारका लागी तानसेन स्थित लुम्बिनी मेडिकल कलेज रेफर गरिएको र १६ जनाको रामपुर अस्पतालमै उपचार भैरहेको छ । विरामीमा टाउँको दुख्ने,ज्वोरो आउने,पेट दुख्ने, वान्ता हुने जस्ता समस्या देखिएको छ । खिर संगै तरकारी र अचार खाँदा समस्या भएको बिरामीले जनाएका छन् ।

स्थानीय हिरा बिकका अनुसार भोजमा शय बढीको सहभागीता थियो । भात तरकारी र अचार खानेहरुमा समस्या नभएपनि खिर खानेमा समस्या देखिएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाले घटनाको बारेमा अनुसन्धान भैरहेको जनाएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago