चिनियाँ राजदूत यान्छी र कांग्रेस नेता पौडेलबीच भेटवार्ता I

काठमाडौं  – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेकी छन् ।

पौडेल निवास बोहराटारमा राजदूत यान्छी र पौडेलबीच मंगलबार भेटवार्ता भएको हो।

राजदूत यान्छीसँग ‘नेपाल र चीनबीच सुमधुर र औपचारिक सम्बन्ध स्थापना भएको ६३ औं वर्ष गाँठको अवसरमा भेटवार्ता भएको’ पौडेलको सचिवालयले जानकारी दिएको छ।

भेटमा बीपी कोइराला र माओत्सेतुङका पालादेखिको कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धको चर्चा भएको थियो।

चीनले कोरोना नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपालमा कोरोना नियन्त्रणका लागि गरेको सहयोगबारे पनि कुराकानी भएको पौडेलको सचिवालयले जनाएको छ।

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago