नवलपुरका युवानेता श्रेष्ठ तरुणदल केन्द्रीय बिभागको सचिबमा मनोनयन ।

नारायण प्रभु , साउन-१३ नवलपुर ।  नवलपुर कावासोतीका युवानेता श्याम श्रेष्ठ नेपाली काङ्ग्रेस तरुणदल बिभागको केन्द्रिय सचिबमा मनोनयन हुनुभएको छ।आज तरुणबिभागको केन्द्रिय कार्यालय काठमाण्डौमा भएको कार्यक्रममा बिभागका अध्यक्ष शंकर भन्डारीले श्रेष्ठलाई मनोनयपत्र हस्तान्तरण गर्नुभएको हो।

नेपाली काङ्ग्रेसका महासमिती सदस्य समेत रहनु भएका श्रेष्ठ २०७७ जेठ १७ गते तरुण बिभागको केन्द्रिय सदस्यमा मनोनयन हुनुभएको थियो भने आजबाट उहाँले केन्द्रीय बिभागको सचिबालयको जिम्मेवारी सम्हाल्नु भएको छ। मनोनयनपत्र बुझे लगत्तै हामीसँगको कुराकानीमा श्रेष्ठले अब नेपाली काङ्ग्रेस भित्र रहेका गुटउपगुटको अन्त्य गर्दै सबैलाइ एउटैमालामा उनेर समग्र देशको हितकालागि पार्टिलाइ सक्रिय बनाउन आफुले महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो। साथै अभिभावक बिहिन जस्तै बनेका समग्र तरुणहरुको अभिभावक बनेर देशभरीका युवाहरुलाई मार्गनिर्देशन गर्दै नेपाली काङ्ग्रेस सम्पुर्ण युवाहरुको पबित्र घर हो भन्ने महसुस दिलाउन आफुले नयाँ कार्ययोजना बनाएर अघि बढ्ने समेत उहाँले बताउनु भएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago