तिनाउमा राेटा भाइरस विरूद्वकाे खाेप अभियान शुरू

पाल्पा,जिल्लाकाे तिनाउ गाउँपालिकामा राेटा भाइरस बिरूद्वकाे खाेप अभियान शूरू भएको छ । अभियान शुरू गर्दै गाउँपालिका अध्यक्ष अेाम बहादुर घर्ती मगरले राेटा भाइरस विरूद्वकाे खाेप अभियान तिनाउका सबै बालबालिकाहरूलाई आवद्व गराउन आर्गह गर्नु भयाे ।

गाउँपालिकाले वडा ३ काे झुसामा राेटा विरूद्वकाे खाेप अभियान शुभारम्भ गर्दै उहाले उक्त आवहान गर्नु भएको हाे । राेटा भाइरसबाट हुने झाडापखालाबाट नवजातशिशुलाई बचाउन राेटाकाे खाेप दिइन्छ ।६ हप्ता पुगेका बच्चाहरूलाई डिपिटि,हेपाटाइटिस वीसँगै राेटा खाेपकाे पहिलो मात्रा मुखबाट दिइन्छ । १० हप्ता पछि दाेस्त्राे मात्रा दिइन्छ । श्रावण महिनाबाट नेपाल भर शुरू गरिएको राेटा भाइरस विरूद्वकाे खाेप अभियानमा तिनाउ गाउँपालिकामा पनि शुरू गरिएको छ ।

खाेपकाे साथसाथै तिनाउमा सरसफाइ प्रर्वधनात्मक कार्यक्रम पनि शुरू गरिएको छ । जुन कार्यक्रम १ हजार दिनका अामाहरूलाई अामा र बच्चाकाे सरसफाइ र पाैष्टिक आहारकाे बारेमा स्वास्थ कर्मीहरूले जानकारी गराएका छन । खाेप शुभारम्भ कार्यक्रम स्वास्थ शाखा इन्चार्ज प्रमुख कृष्ण कार्कीले राेटा खाेपकाे बारेमा प्रकाश पार्नु भएको थियाे ।

झुम्सा स्वास्थ ईकाइ व्यवस्थापन समितिका सदस्य सुमित्रा पाण्डेकाे अध्यक्षतामा भएको उक्त कार्यक्रम नर्सिङ इन्चार्ज रिता थापाकाे स्वागत मन्तव्य र सिनियर अहेव ठाकुर कुवरकाे सञ्चालनमा सम्पन्न भएको थियाे । अभियानकाे पहिलो दिन वडा न ३ झुम्साका नवजात शिशु र आमाहरूकाे सहभागीता रहेको थियाे ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago