सलह रोकथामका लागि दमकल र ड्रोनबाट विषादी छर्किन विज्ञको सुझाव

काठमाडौं -सलह रोकथामका लागि दमकल र ड्रोनबाट विषादी छर्किन सरोकारवाला निकायका अधिकारी र विज्ञहरुले सिफारिस गरेका छन् ।

आइतबार कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालको अध्यक्षतामा भएको छलफलमा उनीहरूले सलह नियन्त्रण गर्न तत्काल एक्सनमै जानसमेत सुझाव दिएका छन् । ‘छलफलमा तत्काल एक्सनमा जाने निर्णय भएको छ । सलह नियन्त्रण गर्न संघले प्रदेशलाई विषादी, औजार उपलब्ध गराउने ।

प्रदेशले स्थानीय निकायलाई जानकारी गराउने निर्णय भयो,’ बैठकमा सहभागी कृषि विभागका पूर्व महानिर्देशक डिल्लीराम शर्माले भने, ‘बढी झुन्ड देखिएको ठाउमा दमकल, ड्रोनको प्रयोग लगायत खोजी गर्ने निर्णय भयो । बढी झुन्ड देखिएको ठाउँमा भोलिरपर्सि नै दमकलबाट विषादी छर्न पर्छ । सोही अनुसार सिफारिस गरेका छौं ।

प्रदेश र स्थानीय सरकारलाई सूचना दिने सन्दर्भमा प्राविधिक टोलीले निर्णय गर्ने बताए । ‘व्यवस्थापन कसरी गर्ने,स्थानीय र किसानलाई के सूचना दिनेबारेमा छलफल गरिरहेका छौं,’ उनले भने, ‘दुवै मिटिङको सार तत्काल एक्सनमै जाने भन्ने नै हो ।

यीबाहेक थाल ठोक्ने, बाजा बजाउनेलगायत उपाय किसानले स्वयं तयारी गर्नुपर्ने बताए । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले तत्काल नियन्त्रण गर्न दमकल, ड्रोल लगायतको प्रयोग, नीतिगत निर्णयहरु बुझाएको बताए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago