पत्रकार तथा मोडल कृष्ण पाण्डेको कार दुर्घटनामा मृत्यु भएको छ ।

काठमाडौँ । पत्रकार तथा मोडल कृष्ण पाण्डेको कार दुर्घटनामा मृत्यु भएको छ । शनिबार राती करिब १२ बजे कार दुर्घटनामा उनको ज्यान गएको हो ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभर टोलमा दुर्घटना भएको हो । ३० वर्षिय कृष्ण पाण्डेको उपचारकै क्रममा शनिबार राती करिब १ बजे अस्पतालमा ज्यान गएको हो ।

सडक किनाराको फलामे बारमा एक्कासी ठोक्कीन पुग्दा कार दुर्घटना भएको थियो । दुर्घटना पछी चौराह अस्पतालमा लगिएको थियो। उक्त अस्पतालमा उपचारकै क्रममा मृत्युपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागी शव राखिएको छ ।

कार द्रुत गतिमा भएको र नियन्त्रण गर्न नसकेका कारण सडक बारमा ठोक्किएर उक्त दुर्घटना भएको ईलाका प्रहरि कार्यालय बुटवलले बताएको छ । बा ७ च ६९५९ नम्बरको कारमा मृतक एक्लै सवार थिए । उनको टाउकोमा गहिरो चोट देखिएको छ ।

न्युज २४ टेलिभिजनका रुपन्देही सम्बाददाता रहेका कृष्ण पाण्डे निडर र कुसल पत्रकारका रुपमा चिनिन्थे भने नेपाली गीत सङ्गितमा मोडलिङ समेत गरेका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago