एमबी आस्थाको संयोजकत्वमा कौरा पत्रकारिता पुरस्कारको प्रतिभा छनौट समिति गठन ।

पोखरा । नेपाल मगर पत्रकार संघ, कास्कीले प्रदान गर्दै आएको राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७ का लागि छनौट समिति गठन गरिएको छ ।

राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित सो पुरस्कारका लागि योग्य प्रतिभा छनौट गर्न नेपाल मगर पत्रकार संघका केन्द्रीय का.वा. अध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा छ सदस्यीय प्रतिभा छनौट समिति गठन गरिएको हो ।

संघ, कास्की शाखाको आइतबार बसेको बैठकले प्रतिभा छनौट समितिका सदस्यहरूमा राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगर, उपाध्यक्ष तारामाया थापामगर, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर पत्रकार संघ, कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगर र कार्यसमिति सदस्य मीना थापामगरलाई चयन गरेको संघ, कास्की शाखाका सह–सचिव सुरज थापामगरले जानकारी दिए ।

विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण विषम परिस्थिति भएपनि पुरस्कारलाई निरन्तरता दिन लागिएको समितिका अध्यक्ष आलेमगरले उल्लेख गर्नुभयो । यसअघि, समिति स्थापना भएको महिना जेठ महिनामा प्रदान गरिँदै आएकोमा लकडाउनका कारण आगामी साउन १ गते सो पुरस्कार प्रदान गरिने उनले बताए । यस पुरस्कारबाट यसअघि, नवलपुरकी कमला रानामगर र कास्कीका तिलकप्रसाद पुनमगर पुरस्कृत भइसकेका छन् ।

पत्रकारितामार्फत् गण्डकी प्रदेशकै मौलिक संस्कृतिका रुपमा रहेको कौरा नाचको प्रवद्र्धनमा योगदान पुग्याउने एक जना मगर पत्रकारलाई यस पुरस्कारबाट पुरस्कृत गरिँदै आएको छ । पाँच हजार रुपैयाँ राशिबाट सुरु भएको सो पुरस्कारको राशि हाल १० हजार रुपैयाँ नगद रहेको छ ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago