एमबी आस्थाको संयोजकत्वमा कौरा पत्रकारिता पुरस्कारको प्रतिभा छनौट समिति गठन ।

पोखरा । नेपाल मगर पत्रकार संघ, कास्कीले प्रदान गर्दै आएको राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७ का लागि छनौट समिति गठन गरिएको छ ।

राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालद्वारा स्थापित सो पुरस्कारका लागि योग्य प्रतिभा छनौट गर्न नेपाल मगर पत्रकार संघका केन्द्रीय का.वा. अध्यक्ष एमबी आस्था मगरको संयोजकत्वमा छ सदस्यीय प्रतिभा छनौट समिति गठन गरिएको हो ।

संघ, कास्की शाखाको आइतबार बसेको बैठकले प्रतिभा छनौट समितिका सदस्यहरूमा राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेमगर, उपाध्यक्ष तारामाया थापामगर, नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीसमगर, नेपाल मगर पत्रकार संघ, कास्कीका अध्यक्ष रूद्रबहादुर हितानमगर र कार्यसमिति सदस्य मीना थापामगरलाई चयन गरेको संघ, कास्की शाखाका सह–सचिव सुरज थापामगरले जानकारी दिए ।

विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण विषम परिस्थिति भएपनि पुरस्कारलाई निरन्तरता दिन लागिएको समितिका अध्यक्ष आलेमगरले उल्लेख गर्नुभयो । यसअघि, समिति स्थापना भएको महिना जेठ महिनामा प्रदान गरिँदै आएकोमा लकडाउनका कारण आगामी साउन १ गते सो पुरस्कार प्रदान गरिने उनले बताए । यस पुरस्कारबाट यसअघि, नवलपुरकी कमला रानामगर र कास्कीका तिलकप्रसाद पुनमगर पुरस्कृत भइसकेका छन् ।

पत्रकारितामार्फत् गण्डकी प्रदेशकै मौलिक संस्कृतिका रुपमा रहेको कौरा नाचको प्रवद्र्धनमा योगदान पुग्याउने एक जना मगर पत्रकारलाई यस पुरस्कारबाट पुरस्कृत गरिँदै आएको छ । पाँच हजार रुपैयाँ राशिबाट सुरु भएको सो पुरस्कारको राशि हाल १० हजार रुपैयाँ नगद रहेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago