बजेटका विशेषताहरु, १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट प्रस्तुत

पाल्पा । अर्थमन्त्री युवराज खतिवडाले संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष ०७७/७८ का लागि सरकारको बजेट प्रस्तुत गर्नुभएको छ । १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट आज संसद्को सयुक्त बैठकमा पेश भएको हो ।

अर्थमन्त्री खतिवडा द्वारा प्रस्तुत बजेट संक्षेपमा :-

  • १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट
  • ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालू खर्च, (कुल बजेटको ६४.४ प्रतिशत)
  • ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत खर्च
  • ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य
  • वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाउने
  • वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने र २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने
  • आर्थिक वृद्धि हुने लक्ष्य २.३ प्रतिशत
  • स्थानीय तह र गैरसरकारी कार्यक्रम जिल्ला समन्व्य समितिबाट
  • प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने अनावश्यक खर्चमा कटौटी
  • सबै प्रकारका भत्ता खारेज गरि भ्रमण भत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदमा उल्लेख्य बजेट कटौती
  • दोहोरोपन भएका सार्वजनिक निकाय खारेज
  • आम्दानी र खर्च पारदर्शी बनाउन विद्युतीय कारोबार
  •  कर्मचारीको एक लाखसम्मको कोरोना बिमा
  • अध्ययन अनुसन्धानका लागि राष्ट्रिय प्रतिरक्षा विश्वविध्यालय
  • भूकम्प पुनर्निर्माण आगामी आर्थिक वर्षमा सक्ने
  • सबै जिल्ला सडक सञ्जालमा जोड्ने र प्रदेश राजधानी जोड्ने सडकको चौडा बनाउने
  • एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक
  • सुरुङमार्गका लागि ६ अर्ब
  • वैकल्पि
  • सेनेटरी प्याड निःशुल्क
  • शिक्षालाई उच्च प्राथमिकता
  • विलाशी सामानको आयात निरुत्साहित
  • नवलपरासीमा फलाम खानी
  • ६० वटा मालपोत र नापी कार्यालय स्थानीय तहमा हस्तान्तरण गरी मालपोत सेवा अनलाइनमार्फत हुने
  • सबै स्थानीय तहमा कृषि प्राविधक खटाइ एक स्थानीय तह एक उत्पादन पकेट क्षेत्र कार्यक्रम
  • तरकारी र मासुमा  आत्मनिर्भर बनाउने
  • सेतो छडी र ब्रेललिपिको पाठ्‍यक्रम निःशुल्क उपलब्ध
  • सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता
  • सीपमूलक तालिममार्फत ५० हजारलाई रोजगारी
  • साना किसान कर्जाबाट ४० हजार रोजगारी
  • २ प्रतिशत ब्याजमा नयाँ ब्यवसायीका लागि सुरुवाती पुँजी
  • कोरोना बिमामा ५० प्रतिशत प्रिमियम सरकारले तिर्ने योजना
  • आमसञ्चारमाध्यमको आर्थिक वर्षको नवीकरण शुल्कमा छुट
  • एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन
  • निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने व्यवस्था
  • राजमार्गमा ट्रमा सेन्टर बनाउने
  • सबै स्वास्थ्यकर्मीलाई ५ लाखकोे बिमा
  • प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार
  • सबै प्रदेश राजधानीमा सरुवारोग अस्पताल र सबै प्रदेशमा अत्याधुनिक  प्रयोगशाला
  • पूर्ण खोपयुक्त घोषणा गर्ने योजना
  • प्रदेशलाई ५५ अर्ब १९ समानीकरण अनुदान
  • स्थानीय तहलाई ९० अर्ब समानीकरण अनुदान-स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन

हेरौ :- आर्थिक बर्ष २०७७/०७८ को संसदमा प्रस्तुत बजेटको पुर्ण पाठ ,  बजेट_वक्तव्य_२०७७_website

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago