भौतिक पूर्वाधार विकास, शैक्षिक केन्द्र निर्माण र पर्यटन विकास लाई मुख्य प्राथमिकता – सांसद सोमप्रसाद पाण्डे

पाल्पा । राजनितिको ध्यय जनता हुन् भने जनताको आवस्यकता वुझ्न सक्ने नेता हुन् । जनमतको कदर गरी आफ्ना मतदाताको जिवनस्तर र आवस्यकता लाई पहिलो प्राथमिकतामा राख्न सक्नु सफल राजनितिज्ञ हुन । देशभर कोरोना महामारीले दैनिक जिवनयापन अस्तव्यस्त वनाईरहेको वेलामा पाल्पा क्षेत्र नं. २ का सांसद सोमप्रसाद पाण्डे भने आफ्नो निर्वाचन क्षेत्रमा विकासका योजना ल्याउन मन्त्रालय तथा विभागमा पुगेर पहल गर्नुभएको छ । बजेट निर्माणको पूर्वसन्ध्यामा विभिन्न मन्त्रालयमा पुगेर उहाँले पाल्पाको विकासलाई पहिलो प्राथमिकतामा पारेर आगामी बजेट निर्माण गर्न पहल गर्नुभएको हो ।


विकासका कार्यक्रमलाई मुख्य तिन भागमा विभाजन गरी सवै क्षेत्रलाई समेट्ने गरी प्रस्ताव पेश गरेको सांसद पाण्डेले वताउनुभयो । पाण्डेका अनुसार भौतिक पूर्वाधार विकास, शैक्षिक केन्द्र निर्माण र पर्यटन विकास तथा स्वास्थ्य, संचार, यातायात, खानेपानी, सिंचाई लगाएतका क्षेत्रमा बजेट विनियोजन लाई प्राथमिकतामा राखिएको छ ।
भौतिक पूर्वाधार विकास अन्र्तगत निर्वाचनका बेला जनतासँग नेकपाको तर्फबाट प्रतिवद्धता गरिएका र स्थानीय तहसँगको समन्वयमा पाल्पाको विकासका लागी आवश्यक बजेट माग गर्नुभएको छ । सांसद पाण्डेयले सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणको कार्य तत्काल अघि बढाउन, पाल्पा अस्पतालको स्तरोन्नती र सुविधा सम्पन्न भवन निर्माण गर्न, सालझण्डी सुगुरेढुंगा बाटो कालोपत्रे गर्ने, त्रिभुवन बहुमुखी क्याम्पसको सुविधासम्पन्न भवन निर्माणमा बजेटको व्यवस्थापनको लागि भौतिक पूर्वाधार मन्त्रालयमा माग गर्नुभएको छ ।
यस्तै दोभान बोटेगाउँ मरेक काशीभञ्ज्याङ, बतासे सातमुरे गुल्मी मोटरबाटो निर्माण, तानसेन मुलढोका, भैरवस्थान, रिडी ऋषिकेशव लगायतको पूननिर्माण गर्न प्राधिकरणसँग माग, बाँसटारी दमकडा झडेवा खैरेनी मोटरबाटो, दमकडा खेलमैदान, टुँडिखेल सौन्दर्यकरण, कटुन्जेपानी खेलमैदान निर्माणमा समेत पहिलो प्राथमिता परेको बताउनुभयो ।
यस्तै शैक्षिक केन्द्र निर्माणका लागी शैक्षिक दृष्टिले अगाडि रहेको पाल्पालाई शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने सम्भावना छ । यो कुरालाई मध्यनजर गरी सांसद पाण्डेयले प्राविधिक शिक्षाको हब बनाई इन्जिनियरिङ, कृषि विज्ञान, वन विज्ञान र सूचना प्रविधिका विषय अध्ययन अध्यापन गर्ने महत्वपूर्ण केन्द्र बनाउन शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयसँग अनुरोध गर्नुभएको छ । माननीय शिक्षामन्त्री र उपकुलपतिसँग छलफल गरी प्रधानमन्त्री कार्यालयमा निवेदन दिनुभएको छ ।
जसमा सिभिल इन्जिनियरिङको विषय तत्काल सुरु गर्ने, कृषि विज्ञान सञ्चालनका लागि हाल सुन्तलाजात फलफूल विकास केन्द्र रहेको करिव १९० रोपनी जग्गामा अध्यापन गर्ने र भूसंरक्षण कार्यालय स्थानमा वन विज्ञान संकाय खोल्ने योजना का लागी सम्बन्धित मन्त्रालयबाट बजेटमा पारित गराउने गरी पहल गर्नुभएको छ ।
यसैगरी पाल्पामा पर्यटनको सम्भावनालाई उजागर गर्दै पाल्पाका ऐतिहासिक स्थल र सम्पदाहरुको विकासमा सांसद पाण्डेले नेपाल सरकार र माननीय मन्त्रीज्यूको ध्यानकर्षण गराउँदै आगामी आर्थिक वर्षको बजेटमा यी आयोजनाहरुको सम्बोधन भएमा पाल्पाको पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । पर्यटन विकासमा तानसेन ६ सतनचुलीमा कर्णेल उजिरसिंह पार्क निर्माण, प्रेमको प्रतीक रानीमहल क्षेत्रको विकासका लागि विशेष बजेट र कार्यक्रम, सत्यवती तालको प्रवद्र्धन र विकास, रिब्दीकोटमा सेनकालीन उद्यान र भ्यू टावर निर्माण, बल्ढेङ्गढीको ऐतिहासिक स्थलको संरक्षण र विकास, श्रीनगर बुद्ध गार्डेन, रणउजेश्वरी भगवती मन्दिर जिर्णोद्वार, अन्य मठमन्दिर र स्मारकहरुको संरक्षण गर्नका लागि बजेट विनियोजनका लागि पहल गर्नुभएको हो ।
शिक्षा, स्वास्थ्य र पर्यटनको नारा वोकेको पाल्पामा शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात र रोजगारीको क्षेत्रमा गर्नुपर्ने काम प्रसस्तै छन् । केही समय पछी प्रस्तुत हुने आर्थिक वर्ष २०७७।०७८ को वजेटमा माथीका केही क्षेत्र समेटिएमा पनी विकास निर्माणमा शिक्षा, स्वास्थ्य र पर्यटनको नारा स्थापित हुन सक्ने छ ।

bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago