सन्ताेष गहतराज, पाल्पा । कोरोना जोखिम न्यूनीकरणका लागी रैनादेवी छहरा गाउँपालिकाले स्वास्थ्यकर्मीको बिमा गरिदिएको छ । अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरुको कोरोना जोखिम बीमा गरिएको हो ।
काेराेना भाइरसकाे बिषम परिस्थतीमा निरन्तर सेवामा खटिरहेका गाउँपालिका भित्र कार्यरत ५९ जना स्वास्थ्य कर्मी र दुई जना एम्बुलेन्स चालक सहित ६१ जनाको बिमा गरिएको छ । जनही एक लाख बीमाङ्क रकम रकम बराबरको कोरोना बीमा शिखर इन्स्योरेन्स कम्पनी मार्फत गराएको गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले गाेर्खाली भ्वाइससँकाे कुराकानीका क्रममा बताउनु भयाे । कोरोना रोगको परिक्षण गर्दा पिसिआर टेष्ट पोजिटिभ देखिएमा कर्मचारीहरुले तोकिएको बीमाङ्क रकम बीमा दावीगरी रकम प्राप्त गर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।
गाउँपालिकाका प्रशासकिय अधिकृत खेत बहादुर खत्रीले काेराेना भाइरसकाे विषम परिस्थितिमा जाेखिम बहन गरि स्वास्थ सेवामा लागेका स्वास्थ्य कर्मीहरूकाे स्वास्थ्य बारे मध्येनजर गरि बिमा गरिएको बताउनु भयाे ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…