सन्ताेष गहतराज, पाल्पा, बैशाख १५ । पाल्पा बग्नासकाली गाउँपालिकाले गाउपालिकामा कृषि एम्बुलेन्स सञ्चालन गरे पछि कृषक तथा उपभोक्ता खुशी भएका छन । कृषकले उत्पादन गरेकाे तरकारी गाउँपालिकाले खरिद गरी उपभोक्ता सम्म पुग्याए पछि काेराेनाकाे प्रभावले नबिकेका तरकारी बेच्न पाउँदा कृषकहरू एक तर्फ खुशी छन भने अर्को तर्फ उपभोक्ताले बजार मुल्य भन्दा कम मुल्यमा आफनाे ठाउँबाट उत्पादन भएकाे ताजा तरकारी टाेलटाेलमा कृषि एम्बुलेन्स मार्फत खरिद गर्न पाउँदा उपभोक्ताहरू खुशी छन । गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनकाे अवधिमा कृषकहरूकाे खेतबारीमा बिक्री नभएको ताजा तरकारी २२ क्वीन्टल काक्रा,१८ क्वीन्टल बन्दा गाेपी,२ क्वीन्टल हरियो साग तथा टमाटर,३ क्वीन्टल सिमी गाजर लगाएतका तरकारीको कृषि एम्बुलेन्स मार्फत गाउँपालिकाकाे विभिन्न क्षेत्रमा बिक्री वितरणकाे काम सम्पन्न गरिसकेको गाउँपालिकाका कृषि शाखा प्रमुख राजेश बाेहाेराले बताउनु भयाे । अहिले गाउँपालिकाले कृषककाे खेतबारी मै पुगी तरकारी उठाउने,प्याकेजीङ तथा ढुवानी रकम गाउँपालिकाले व्याेहाेरेकाे तथा बिक्री वितरणका क्रममा तरकारी बिक्री नभए साे तरकारीको रकम गाउँपालिकाले भुक्तानी गर्ने तथा लकडाउनकाे समयमा कृषकहरूले उत्पादन गरेकाे तरकारी बिक्री वितरण र बजारीकरणकाे समस्या आएकाेले याे सेवा सञ्चालन गरिएकाे गाउपालिकाका प्रशासकिय अधिकृत सुन्दर श्रेष्ठले बताउनुभयो । गाउँपालिकाले पालिका भित्रका कर्मशिल किसान उत्पादन गरेकाे कृषि जन्य उत्पादन बिक्री लागि गाउँपालिकाले प्रयाप्त बजार नभएको कारण यस्तो प्ररकारकाे सेवा सञ्चालन गरिएकाे गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनु भयाे ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…