तिनाउ गाउँपालिकाले २९ लाख ८३ हजार बराबरको राहत वितरण ।

 

सन्तान गहतराज , पाल्पा बैशाख १५ । पाल्पाकाे तिनाउ गाउँपालिकाले २९ लाख ८३ हजार बराबरको राहत वितरण गरेको छ । दुखकाे बेला सरकार आयो भन्दै स्थानीय खुशी भएकाछन् । 

काेराेना भाइरस संक्रमण राेकथामकाे लागि सरकारले गरेको बन्दाबन्दीकाे कारण दैनिक जीवन यापन गर्न समस्या परेका अति विपन्न घरपरिवारका लागि तिनाउ गाउँपालिकाले पहिलाे र दाेस्त्राे चरणमा गरी रूपैयाँ २९ लाख ८३ हजार बराबरको राहत सामाग्री  वितरण गरेको छ । तिनाउ गाउँपालिकाले १० लाख ५० हजार,विभिन्न चुनखानी उधाेगबाट १० लाख ६० हजार,सामुदायिक वन उपभोक्ता समितिहरूले ८ लाख २३ हजार,उधमी दिनेश रेग्मीले ५० हजार गरि कुल २९ लाख ८३ हजार रूपैयाँ बराबरको राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष ओम  बहादुर घर्ती मगरले बताउनु भयाे । 

गाउँपालिकाले वडा न १ कचलमा ६ सय ४३ घरधुरीलाई   रूपैयाँ ८ लाख ७३ हजार बराबरको राहत वितरण गरेको थियाे । त्यस्तै वडा २ दाेभानमा ४११ घरधुरीलाई ६ लाख ५० हजार ,वडा न ३ झुम्सामा ३३१ घरधुरीलाई ५ लाख ७५ हजार,वडा न ४ सत्यवतीमा १९६ घरधुरीलाई १ लाख ७५ हजार,वडा नं ५ काेलडाँडामा २ सय ७८ घरधुरीलाई ३ लाख ३५ हजार बराबरको राहत वितरण सामाग्री वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दामोदर भण्डारीले बताउनु भयाे । 

गाउँपालिकाले स्थापना गरेकाे राहत काेषमा प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले रूपैयाँ ३० हजार, पाल्पाली समाज पाेखराले रूपैयाँ  १० हजार र पाल्पा व्यापार संघले रूपैयाँ १० हजार र बेस नेपालले १० गरि जम्मा ६० हजार रूपैयाँ तिनाउ गाउँपालिकाकाे काेराेना भाइरस संक्रमण राेकथाम नियन्त्रण तथा उपचार काेष खाता नं ०८१०३०००० लक्ष्मी बैंकमा जम्मा गरिएकोमा उक्त रकमबाट स्वास्थ्य सामाग्री खरिद गरिएको स्वास्थ्य शाखा ईन्चार्ज कृष्ण कार्कीले बताउनु भयो ।  

अहिले तिनाउ गाउँपालिकाले संक्रमणकाे समयमा वडाकाे टाेलटाेलमा राहत सामाग्री पाउँदा स्थानीय दैनिक ज्यालादारी गरी गरि जीविकोपार्जन गर्ने नागरिकहरू खुशी भएका छन । हाल तिनाउ गाउँपालिकाले स्थापना गरेकाे क्वारेन्टाइनमा ४ जना व्यक्तिहरू रहेको र स्वास्थ्य शाखाकाे सहयोगमा दाेभान चाैकीमा स्वास्थ्य परिक्षण गर्न हेल्थ डेस्क संञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago