तिनाउ गाउँपालिकाले २९ लाख ८३ हजार बराबरको राहत वितरण ।

 

सन्तान गहतराज , पाल्पा बैशाख १५ । पाल्पाकाे तिनाउ गाउँपालिकाले २९ लाख ८३ हजार बराबरको राहत वितरण गरेको छ । दुखकाे बेला सरकार आयो भन्दै स्थानीय खुशी भएकाछन् । 

काेराेना भाइरस संक्रमण राेकथामकाे लागि सरकारले गरेको बन्दाबन्दीकाे कारण दैनिक जीवन यापन गर्न समस्या परेका अति विपन्न घरपरिवारका लागि तिनाउ गाउँपालिकाले पहिलाे र दाेस्त्राे चरणमा गरी रूपैयाँ २९ लाख ८३ हजार बराबरको राहत सामाग्री  वितरण गरेको छ । तिनाउ गाउँपालिकाले १० लाख ५० हजार,विभिन्न चुनखानी उधाेगबाट १० लाख ६० हजार,सामुदायिक वन उपभोक्ता समितिहरूले ८ लाख २३ हजार,उधमी दिनेश रेग्मीले ५० हजार गरि कुल २९ लाख ८३ हजार रूपैयाँ बराबरको राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष ओम  बहादुर घर्ती मगरले बताउनु भयाे । 

गाउँपालिकाले वडा न १ कचलमा ६ सय ४३ घरधुरीलाई   रूपैयाँ ८ लाख ७३ हजार बराबरको राहत वितरण गरेको थियाे । त्यस्तै वडा २ दाेभानमा ४११ घरधुरीलाई ६ लाख ५० हजार ,वडा न ३ झुम्सामा ३३१ घरधुरीलाई ५ लाख ७५ हजार,वडा न ४ सत्यवतीमा १९६ घरधुरीलाई १ लाख ७५ हजार,वडा नं ५ काेलडाँडामा २ सय ७८ घरधुरीलाई ३ लाख ३५ हजार बराबरको राहत वितरण सामाग्री वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दामोदर भण्डारीले बताउनु भयाे । 

गाउँपालिकाले स्थापना गरेकाे राहत काेषमा प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले रूपैयाँ ३० हजार, पाल्पाली समाज पाेखराले रूपैयाँ  १० हजार र पाल्पा व्यापार संघले रूपैयाँ १० हजार र बेस नेपालले १० गरि जम्मा ६० हजार रूपैयाँ तिनाउ गाउँपालिकाकाे काेराेना भाइरस संक्रमण राेकथाम नियन्त्रण तथा उपचार काेष खाता नं ०८१०३०००० लक्ष्मी बैंकमा जम्मा गरिएकोमा उक्त रकमबाट स्वास्थ्य सामाग्री खरिद गरिएको स्वास्थ्य शाखा ईन्चार्ज कृष्ण कार्कीले बताउनु भयो ।  

अहिले तिनाउ गाउँपालिकाले संक्रमणकाे समयमा वडाकाे टाेलटाेलमा राहत सामाग्री पाउँदा स्थानीय दैनिक ज्यालादारी गरी गरि जीविकोपार्जन गर्ने नागरिकहरू खुशी भएका छन । हाल तिनाउ गाउँपालिकाले स्थापना गरेकाे क्वारेन्टाइनमा ४ जना व्यक्तिहरू रहेको र स्वास्थ्य शाखाकाे सहयोगमा दाेभान चाैकीमा स्वास्थ्य परिक्षण गर्न हेल्थ डेस्क संञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago