माननीय बिस्नु प्रसाद लामिछाने द्वारा बिज्ञप्ती जारी , उच्च मनोबलका साथ धैर्य गर्नुको विकल्प छैन ।

नवलपुर , गोबिन्द लामिछाने , चैत १४ , कोरोनाको संक्रमणका जटिल परीस्थितिमा आफू जतिसुकै बेला सहयोगका लागि माननीय बिस्नु प्रसाद लामिछाने ज्यु तयारी अवस्थामा रहेको बताउदै बिज्ञप्ती जारी गर्नु भएकोछ ।

बिज्ञप्तीमा भनिएकोछ आदरणीय आमाबुबा दाजुभाइ दिदीबहिनीहरु यतिबेला कोरोना भाइरसको कारण बिश्व आक्रान्त बनेको छ । यसबाट हाम्रो मुलुक पनि अछुतो रहेन। मुलुक अहिले लकडाउनमा छ ।यो हाम्रो लागि बाद्ध्यात्मिक परिस्थिति हो । हामी सङ्ग लकडाउनलाइ पुर्ण पालाना गर्ने र उच्च मनोबलका साथ धैर्य गर्नुको विकल्प छैन । राज्यले आफ्नो काम गरिरहेको छ ,तर पनि पर्याप्त ब्यबस्थापन हुन सकेको छैन । यस्तो अवस्थामा कसैले कसैलाई दोष दिएर बस्नु , कसैको आलोचना गर्नु भन्दा पनि सम्पुर्ण नेपाली एक ढिक्का भएर यो महामारी संग जुध्ने शक्ति जुटाउनु परेको छ ।यस महामारी बाट बच्न सबैको आ आफ्नो जिम्मेवारी छन ।ती सबै जिम्मेवारी सबैले इमानदारी पुर्बक पालना गर्नुपर्दछ । यस परिस्थितिले मुलुकमा विषम अवस्था उत्पन्न गरेको छ ।एकातिर यो महामारीको प्रकोप बाट जोगिनु छ भने,अर्कोतिर मुलुकको उद्योग धन्दा ,कलकारखाना ,ब्यापार ब्यबसाय ठप्प छ ।अझ दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नेहरुको लागि झन यसले ठूलो मर्का पारेको छ । यसको लागि राज्यले बेलैमा सोच्नु पर्दछ । थप मानवीय क्षेती नहोस् भन्नको लागि उपचारमा खटिने सबै स्वास्थ्यकर्मी ,एम्बुलेन्स चालक , सुरक्षामा खटिने सुरक्षाकर्मी , लगायत यस संग संबंधित सबैको उच्च मनोबल कायम हुने बाताबरण बनाउदै लकडाउन , अस्पताल र आइसोलेसन लाई थप ब्यबस्थापन गर्नु जरुरी छ । यस बिसम परिस्थितिमा जिल्लाबासी सम्पुर्ण आमाबुबा ,दाजुभाइ दिदीबहिनीहरुमा उच्च मनोबलका साथ धैर्य गर्न , लकडाउनको पुर्ण पालना गरी घरबाट बाहिर ननिस्कन , मास्क र सेनिटाइजरको उचित प्रयोग गर्न हार्दिक अपिल गर्दछु । जन प्रतिनिधि सबै जनताको प्रतिनिधि भएकोले जनताको सुख र दुखमा सधैं यहाहरुको साथमा रहने प्रतिबद्धता समेत व्यक्त गर्दै महामारीको रोकथामको लागि जिल्ला र स्थानीय स्तरबाट प्रयास भइरहेको र अझ थप ब्यबस्थापनको लागि स्थानीय प्रशासन र स्थानीय सरकार संग हार्दिक अपिल गर्दछु । कहिँ कतै केही भए स्थानीय प्रशासन ,स्थानीय जन प्रतिनिधि ,सिधै मेरो यो ९८५७०४५९४२ मोबाइलमा र स्थानीय पार्टीका नेताहरु संग सम्पर्क गर्नु हुन समेत सबैमा हार्दिक अपिल गर्दै आवश्यक सहयोगको लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु ।

बिष्णु प्रसाद लामिछाने
सभापति
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नवलपुर एबं प्रदेश सभा सदस्य ( नवलपुर २क) गण्डकी प्रदेश 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago