कोरोना भाइरस संक्रमितको संख्या कती पुग्यो ?

काठमाडौं। चीनको वुहानबाट फैलिएर विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमितको संख्या बिहीबार ५ लाख नाघेको छ। पछिल्लो तथ्यांकअनुसार विश्वभर ५ लाख २ हजार ७८९ पुगेको छ।

यस्तै मृतकको संख्या २२ हजार ३३७ पुगेको छ भने ठिक भएर घर फर्केकाहरुको संख्या १ लाख २१ हजार २१४ पुगेको छ। कोरोनाबाट सबैभन्दा धेरै इटालीमा मृत्यु भएको छ। बिहीबार इटालीमा मृत्यु हुनेको संख्या ७ हजार ५०३ छ भने स्पेनमा ४ हजार ११५ जनाको मृत्यु भएको छ। कोरोनाको इपिसेन्टर चीनमा ३ हजार २८७ जनाको मृत्यु भएको छ।

संक्रमितको संख्या सबैभन्दा धेरै चीनमा रहेको छ। चीनमा हालसम्म ८१ हजार २८५ संक्रमित भएका छन्। जसमध्ये ७४ हजार १५ जना ठिक भइसकेका छन्। चीनमा कोरोना संक्रमितको सक्रिय मामिला ३ हजारको हाराहारीमा रहेको छ।

उता बिहीबार अमेरिकाले संक्रमितको संख्यामा इटालीलाई उछिनेको छ। बिहीबार अमेरिकामा संक्रमितको संख्या ७४ हजार ९८२ पुगेको छ। अमेरिकामा हालसम्म १ हजार ७८ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ठिक भएका छन्।

यस्तै इटालीमा बिहीबारसम्म ७४ हजार ३८६ जना संक्रमित भएका छन्। हालसम्म त्यहाँ ३ हजार ठिक भएका छन्। यस्तै स्पेनमा संक्रमितको संख्या ५६ हजार १९७ पुगेको । त्यहाँ हालसम्म ७ हजार ठिक भएर घर फर्किएका छन्।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago