काठमाडौं। चीनको वुहानबाट फैलिएर विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमितको संख्या बिहीबार ५ लाख नाघेको छ। पछिल्लो तथ्यांकअनुसार विश्वभर ५ लाख २ हजार ७८९ पुगेको छ।
यस्तै मृतकको संख्या २२ हजार ३३७ पुगेको छ भने ठिक भएर घर फर्केकाहरुको संख्या १ लाख २१ हजार २१४ पुगेको छ। कोरोनाबाट सबैभन्दा धेरै इटालीमा मृत्यु भएको छ। बिहीबार इटालीमा मृत्यु हुनेको संख्या ७ हजार ५०३ छ भने स्पेनमा ४ हजार ११५ जनाको मृत्यु भएको छ। कोरोनाको इपिसेन्टर चीनमा ३ हजार २८७ जनाको मृत्यु भएको छ।
संक्रमितको संख्या सबैभन्दा धेरै चीनमा रहेको छ। चीनमा हालसम्म ८१ हजार २८५ संक्रमित भएका छन्। जसमध्ये ७४ हजार १५ जना ठिक भइसकेका छन्। चीनमा कोरोना संक्रमितको सक्रिय मामिला ३ हजारको हाराहारीमा रहेको छ।
उता बिहीबार अमेरिकाले संक्रमितको संख्यामा इटालीलाई उछिनेको छ। बिहीबार अमेरिकामा संक्रमितको संख्या ७४ हजार ९८२ पुगेको छ। अमेरिकामा हालसम्म १ हजार ७८ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ठिक भएका छन्।
यस्तै इटालीमा बिहीबारसम्म ७४ हजार ३८६ जना संक्रमित भएका छन्। हालसम्म त्यहाँ ३ हजार ठिक भएका छन्। यस्तै स्पेनमा संक्रमितको संख्या ५६ हजार १९७ पुगेको । त्यहाँ हालसम्म ७ हजार ठिक भएर घर फर्किएका छन्।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…