{"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1582799560857","subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1582799560848","source":"other","origin":"gallery"}
जापान , बीश्वास आचार्य । काभ्रेपलान्चोक जिल्ला चौंरीदेऊराली गाऊँपालिका वडा नं ८ घर भई जापानमा हस्पिटलको वेडबाट छट्पटिएका क्यान्सर पिडित सानु को लागि 中京学院大学मा अध्ययनरत विद्यार्थीले सहयोग रकम संकलन गरी लामा को खातामा जम्मा गरेका छन् ।
आफ्नो कार्य थलो जापानलाई बनाउँदै गरेका लामालाई बिरामी पारी जचाउन जादा क्यान्सर देखिए पछी लामा लामो समय देखी उपचार गर्दै छन । सानु लामालाई तुरुन्तै उपचार गर्नु पर्ने भएपनी आर्थिक अवस्था निकै कमजोर भएकोले वेडमै छट्पटाई रहने अवस्था रहेकाले सानु लामा बचाउ अभियानलाई आत्मसाथ गर्दै ज्योति मल्ल र रामचन्द्र अधिकारि को नेत्रित्वमा 中京学院大学बाट जापानि येन ५३००० रकम संकलन गरी उहाको जे पि बैँक मा रहेको खतामा पठाएको बताय । जापान रहेका विद्यार्थीलाई परेको बेला साथ र सहयोग गर्न विद्यार्थीले अहम भूमिका खेल्नुपर्ने येसै अभियानका अभियानता सन्जोग गोपाल बैध्यले बताए ।
नेसाजका महासचिब अजय रानाले सानु लामाको सिघ्र स्वास्थ्य लाभ को कामना गर्दै सेवा नै ठुलो धर्म हो ! उहॉंलाई यति वेला जापान मा रहेका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी हरु सबै को सहयोगको जरुरी परेको छ हामी सबैले सकेको सहयोग गरी उहाको जिबन रक्षा गर्नको निमित्त सबैलाई हार्दिक अनुरोध गरेकाछन् ।
सहयोगीहरु :- ज्योति मल्ल ५००० ,सन्जोग गोपाल ५००० ,अजय राना ७००० रामचन्द्र अधिकारी ५००० ,खेम राज आचार्य ५००० समिर श्रेष्ठ ५००० कारण तामांग ३००० गम बहादुर पुन २००० प्रितम लामा २००० अभिषेक गुरुङ १००० इश्वोर कार्की १००० भेष राज पन्त १००० मेघनाथ सुबेदी १००० गोपाल महर्जन १००० प्रविन गुरुङ १००० सुक राज राइ १००० ओम प्रकाश सुबेदी १००० सम्झना बोहोरा १००० सुमन शाही १००० सागर तिमिल्सिना १००० प्रविन भारती १००० युतो सेन्जाकी १००० थापा सुर्यबम्सी १००० गरी जम्मा ५३००० येन ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…