काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकार असफल भएको उल्लेख गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीकालिप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारविरुद्ध नारा, जुलुस र प्रदर्शनसहित प्रशासनमा पुगेका राप्रपा नेता, कार्यकर्ताले पराजुलीलाई ज्ञापन–पत्र बुझाएका हुन् ।
पत्रमा मुलुक अहिले समकालीन इतिहासको सर्वाधिक कठिन घडीबाट गुज्रिरहेको बताउँदै नेपाली जनजीवन र अर्थतन्त्र नराम्रोसँगप्रभावित भएको भनिएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको असंबैधानिक सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको विघटनपश्चातदेश अत्यन्त गम्भिर संवैधानिक, राजनीतिक संकटमा समेत फसेको राप्रपाको निष्कर्ष छ ।
पत्रमा अगाडि भनिएको छ, ‘कोभिड–१९ को महामारी नियन्त्रण, महंगी, बेरोजगारी समस्याको समाधान, भ्रष्टाचार नियन्त्रण र धर्मपरिवर्तन रोक्न सरकारको असफलता र उदासीनताको विरोध एवं सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र राज संस्था पुनःस्थापनाको पक्षमाराप्रपा संघर्षमा जाने तयारीमा छ ।’
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…