अति तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको रुपान्तरित नयाँ प्रकारको संक्रमण विश्वका विभिन्न देशमा पुगेको छ ।युरोपका धेरै देशसँग क्यानडा र जापानमा पनि रुपान्तरित नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।बेलायतमा पहिलोपटक देखिएको सो भाइरसको संक्रमण अहिले युरोपका स्पेन, स्वीट्जरल्याण्ड, फ्रान्स, डेनमार्कसहितका देशमादेखिएको छ। ती देशहरुमा संक्रमण पुष्टि भएकाहरु हालै बेलायतबाट फर्किएका थिए ।
यस्तै क्यानडाको अनतारिओका दम्पतीमा पनि नयाँ स्वरुपको भाइरसको संक्रमण देखिएको हो । तर उनीहरुको ट्राभल हिस्ट्री भनेनरहेको स्थानीय अधिकारीले बताएका छन् ।
जापानमा पनि सो भाइरसको संक्रमण देखिएपछि सोमबारदेखि गैरआवासीय विदेशीहरुलाई एक महिनाका लागि देश प्रवेशमा रोकलगाउने भएको छ । बेलायतबाट आएका पाँच यात्रुमा सो भाइरसको संक्रमण देखिएको थियो ।त्यसपछि अहिले जापानमा थप दुईजनामा आन्तरिक रुपमै संक्रमण फैलिएको छ । युरोपका विभिन्न देशमा कोरोना भाइरसविरुद्धकोखोप अभियान एकीकृत रुपमा गर्ने अभियान पनि सुरु भएको छ ।
नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण जर्मनी, इटाली, नेदरल्याण्डस र अस्ट्रेलियामा पनि देखिएको छ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…