ओली समूह छोडेका सांसद छक्कबहादुर भन्छन्– ‘पार्टी फुटेपछि यस्तै हुँदो रहेछ…’

काठमाडौंहुम्लाका सांसद छक्कबहादुर लामाले आफू पुष्पकमल दाहालप्रचण्ड माधवकुमार नेपाल समूहमा लागेको बताएका छन् 

प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको निर्णय गरेपछि विभाजित भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ओली समूहलाईछोडेर आफू प्रचण्डनेपाल समूहमा गएको जानकारी लामाले दिएका हुन्  

अन्नपूर्णसँग छोटो कुरा गर्दै सांसद लामाले भने, ‘पार्टी फुटेपछि यस्तै हुँदो रहेछथप कुरा विज्ञप्तिमा हेर्नुहोला ’ 

पार्टी विभाजनको क्रममा प्रधानमन्त्री ओली समूहले उनलाई केन्द्रीय सदस्य बनाएको थियो त्यसप्रति धन्यवाद दिँदै उनले हुम्लाकानागरिकको आवाजलाई सम्बोधन गर्दै प्रचण्डनेपाल समूहमा रहेको जानकारी दिएका हुन्  

शनिबार विज्ञप्तिमार्फत् उनले पार्टीमा आएको विभाजनले आफूलाई दुःखी बनाएको समेत बताएका छन् उनले सबै नागरिकलाईप्रचण्डनेपाल समूहमा अवद्ध हुन अपीलसमेत गरेका छन्  

आमा हुम्लाबासी जनता कार्यर्ताको सल्लाह सुझाव भावनलाई सम्बोधन गरी नेकपा (ओली) नेतृत्वको केन्द्रीय आयोजक सदस्यकोपदलाई परित्याग गरी नेकपा (प्रचण्डनेपाल) पार्टी संगठनमा यथावत रहेको विश्वास दिलाउँदै बाहिर आएको हल्लाको भ्रममा नपर्नसम्पूर्ण पार्टी कार्यकर्ता हुम्लीबासी जनतालाई विचिलित नभइ प्रचण्डनेपालको मूल पार्टीमा एकतावद्ध भएर बस्न अनुरोध गर्दछु’, उनको विज्ञप्तिमा भनिएको

sp sp

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago